NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

के लेखे वैशाख ९ मा प्रकाशित काठमाडौंका अखबारले ?

काठमाडौं । काठमाडौंबाट आज प्रकाशित सबैजसो दैनिक अखबारको मुख्य प्राथमिकतामा स्थानीय तह निर्वाचन परेको छ । यसबाहेक एसईई परीक्षा, विश्व स्वास्थ्य संगठनका महानिर्देशकको नेपाल आगमनलगायत विषयलाई पनि पत्रपत्रिकाले समेटेका छन् ।

कान्तिपुरले खाजा र औषधिबिनै चुनावमा सुरक्षाकर्मी खटिनुपर्ने बाध्यता आइलागेको लेखेको छ । समाचार अनुसार, साढे चार अर्ब खर्च गरेर हेलिकोप्टर खरिद गर्न लागेको सरकारले निर्वाचनमा दिनको पाँच सयका दरले एक सातासम्म पाउने भत्ता पनि कटौती गरिदिएको छ ।

देशभर एकसाथ हुन लागेको स्थानीय तह निर्वाचनमा सैनिक, प्रहरी, सशस्त्र र म्यादी गरी पौने ३ लाख सुरक्षाकर्मी खटिँदै छन् ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको खबरसँगै शरणार्थीका डाक्टर भम्पा राईलाई दमक नगरपालिकाले निवास उपलब्ध गराएको खबर पनि कान्तिपुरको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

नयाँ पत्रिका दैनिकले गैरमतदाताको हिसाब निकालेको छ । समाचार अनुसार, अढाइ लाख मतदाता सूचीमा समेटिएका छन् ।

स्थानीय तह र निर्वाचन आयोगको लापरबाहीले मृत्यु दर्ता भएकासहित करिब अढाइ लाख मतदाता सूचीमा समेटिएको र यसले मत दुरूपयोगको जोखिम बढाएको समाचारको सार छ ।

नयाँ पत्रिकाले यो गम्भीर कमजोरीमा जिम्मेवार निकायबारे पनि मन्थन गराएको छ ।

यसबाहेक कोरोनामा रोकिएका नेपाली विद्यार्थीलाई चीन लगिने भएको, सुरक्षा निकायलाई ढुवानी खर्चसमेत पर्याप्त नदिएको खबर पनि नयाँ पत्रिकाको पहिलो पृष्ठमा छन् ।

राजधानीले उम्मेदवार टुंगो लगाउन एमालेलाई सकस परेको लेखेको छ भने अन्नपूर्णमा उपेक्षित दलित महिला सदस्यमाथिको विशेष सामग्री छ ।