NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

तानाशाहका श्रीमतीलाई किन घृणा गरिन्छ ?

तानाशाहसँग विवाह गर्ने महिलालाई जीवनभर दुई चीज प्रशस्त हुन्छ, एउटा विलासी जिन्दगी र अर्को आम मानिसको घृणा । यी महिलाहरु लोकतन्त्रको हत्या गर्ने पुरुषको साथमा उभिएका देखिन्छन्, जसले देशको आर्थिक अवस्थालाई बर्बाद मात्र गर्दैन, राजनीतिक प्रतिद्धन्द्धीलाई मार्ने वा भाग्न बाध्य पारेको आरोप पनि लगाइन्छ ।

यसमा शंका छैन, यी महिलाहरुले उत्पीडित आम जनताको क्रोधको सामना गर्नुपर्छ । अझ उनीहरु महिला भएका कारण पनि बढी रिस झेल्नु परेको हुन सक्ने पनि मानिन्छ ।

जिम्बाबेमा सन् १९९६ देखि सन् २०१७ सम्म प्रथम महिला रहेकी ग्रेस मुगाबेलाई अफ्रिकाको सबैभन्दा घृणित महिला मध्येका रुपमा हेरिन्छ । उनका श्रीमान् रोबर्ट मुगाबेले जिम्बाब्वेमा ३७ वर्षसम्म आफ्नो इच्छाअनुसार शासन गरे । ग्रेसकै कारण मुगाबेलाई सत्ता ग्रेसलाई हस्तान्तरण गर्न खोजेको आरोप लगाइन्छ ।

मुगाबे त्यति लोकप्रिय नेता थिएनन् । जिम्बावेमा धेरै मानिसहरु उनको सरकारविरुद्ध रुष्ट थिए । तर पनि मानिसहरुले रोबर्ट मुगावेलाई स्वतन्त्रता संग्राममा भाग लिएका कारण सम्मान पनि गर्छन् । त्यहाँका जनताहरु ग्रेसले गर्दा नै मुगाबे भ्रष्ट भएको दाबी गर्छन् ।

ग्रेस रोबर्ट मुगाबेभन्दा उमेरले धेरै सानी छन् । रोबर्टकी पहिलो श्रीमती सेली हेफ्रन बिरामी भएका बेला उनीहरुको सम्बन्ध सुरु भएको थियो । ग्रेसविरुद्ध उभिएका कारण सेली जनतामाझ लोकप्रिय थिइन् । साथै ग्रेसले वरिष्ठ नेताहरु विरुद्ध खुला अभिव्यक्ति दिएको र अपमान गरेको जनतालाई मन परेको थिएन ।

सन् १९८० मा जिम्बाव्बे स्वतन्त्र भएपछि मुगाबे प्रधानमन्त्री बने । त्यसबेला ग्रेस १५ वर्षकी थिइन् । सन् १९८३ मा सुरक्षा बलहरुले हजारौं मानिसहरुको हत्या र महिलालाई बलात्कार गरेको आरोप लगाइयो, त्यससमयमा ग्रेस आफ्नो विचार परिवर्तन गर्ने उमेरकी थिइनन् ।

दुई दशकभन्दा बढी समयसम्म फिलिपिन्सकी प्रथम महिला रहेकी इमेल्डा मार्कोससँग हजारौं जोडी जुत्ताहरु थिए ।

ग्रेसको विलासी जीवन अर्को मुद्दा हो । उनलाई प्रसिद्ध लक्जरी फेसन ब्रान्ड गुचीको नाम दिएर ‘गुची ग्रेस’ पनि भनिन्थ्यो । महिलाको महंगो सोखले विलासिताको लागि पैसा उपलब्ध गराउने कु्रर पुरुषसँग सम्बन्ध राखेको विश्वमा यो पहिलो घटना होइन् ।

दुई दशकभन्दा बढी समयसम्म फिलिपिन्सकी प्रथम महिला रहेकी इमेल्डा मार्कोससँग हजारौं जोडी जुत्ताहरु थिए । सन् १९८६ मा यो ठूलो मुद्दा थियो । त्यतिबेला फिलिपिन्समा गरिबीका कारण मानिसहरु खाली खुट्टा बाँच्न बाध्य थिए । यस्तो अवस्थामा शासककी पत्नीसँग हजारौं जोर ब्रान्डेड जुत्ताहरु थिए ।

सन् १९६५ देखि ८९ सम्म रोमानियामा शासन गरेका निकोलाय चाउसेस्कोकी श्रीमती इलिना जनावारको भुवाबाट बनेको कोट लगाउँथिन् । उनी यही कारण पनि बढी चिनिएकी थिइन् । तानाशाहका पत्नीहरुको कपडा उनीहरुको श्रीमान्को कामभन्दा धेरै चर्चा हुने गर्छ । यसको एउटा मुख्य कारण त जनता सबै भोकमरी र गरिबीले पिल्सिरहेका बेला शासकका श्रीमतीहरु महंगा कपडा र हिलमा घुम्छन् ।

केन्याकी पूर्व प्रथम महिला लुसी किबाकी कूटनीतिज्ञ र पत्रकारसँग रिसाएका कारण कुख्यात थिइन् । अधिकारी र पत्रकारले आफूलाई सम्मानजनक व्यवहार नगरेको उनको आरोप थियो ।

एकपटक लुसी मध्यरातमा ट्रयाकसुट लगाएर आफ्ना छिमेकीको पार्टीमा पुगिन्, पार्टी चलिरहेको बेला पनि उनले त्यहाँ म्युजिकको आवाज कम गर्न आग्रह गरिन् । यसपछि राष्ट्रपति मिवाइ किबाकीलाई सबैले आफ्नी पत्नी सम्हाल्न नसक्नेले देश कसरी सम्हाल्ने भनेर प्रश्न गरेका थिए ।

महिलाको कु्ररताले सबैलाई निकै स्तब्ध बनाउँछ । अनुसन्धानले नै महिलाबाट धेरै नैतिकता, दया र राम्रो मानवको अपेक्षा गर्ने प्रमाणित गरेको छ । यसकारण पनि तानाशाहका पत्नीहरु कु्रर हुँदा मानिसहरु अझ बढी घृणा गर्न थाल्छन् ।

ताजा अपडेट

नेपालवाच विशेष