NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

ग्रामीण क्षेत्रमा जान दन्त चिकित्सकलाई प्रोत्साहन

काठमाडाैं ।  चितवनको सौराहामा सम्पन्न अर्थोडेन्टिक चिकित्सकहरूको राष्ट्रिय सम्मेलनले सहरी क्षेत्रमा मात्रै केन्द्रित नभएर ग्रामीण क्षेत्रमा समेत गएर सेवा गर्नका लागि दन्त चिकित्सकहरूलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

पछिल्लो समय अर्थोडेन्टिक चिकित्सक सहर केन्द्रित हुने गरेको गुनासो आउन थालेपछि उनीहरूको राष्ट्रिय सम्मेलनले चिकित्सकलाई ग्रामीण क्षेत्रमा जान प्रेरित गर्नुपर्ने बताएका हुन् ।

अर्थोडेन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एशोसिएशन अफ नेपालका अध्यक्ष डा दशरथ काफ्लेले ग्रामीण क्षेत्रमा दाँत, मुखको स्वास्थ्यसम्बन्धी बढी समस्या देखिएको कारण चिकित्सकले ग्रामीण क्षेत्रमा जानुपर्ने बताए ।

नेपालमै गुणस्तरीय सेवा प्रवाह गर्न नेपाली अर्थोडेन्टिकहरू सफल भएकाले उल्लेख गर्दै राष्ट्रिय सम्मेलनको संयोजक वसन्तकुमार श्रेष्ठले नेपाल सरकारले मुख स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने बताए ।

वैशाख ९ र १० गते भएको उक्त राष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेशका विशेषज्ञ चिकित्सकको सहभागिता रहेको थियो ।