NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कडा सुरक्षा घेराबीच कांग्रेसले प्रमुख/उप्रमुख उम्मेदवारको टुंगो लगाउँदै (तस्बिरसहित)

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा भाग लिने ६ महानगर र ११ महानगरपालिका उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक पार्टी कार्यलय सानेपामा बसिराखेको छ । कांग्रेसले कडा सुरक्षाबीच टिकटको टुंगो लगाउँदै छ ।

भीडभाड धेरै हुने र हल्लाखल्ला हुने भन्दै आज नेता र पत्रकारलाई मात्रै प्रवे दिइएको छ । महानगर र उप–मानगरको टिकट फाँटाफाँट टुंग्याउन पदाधिकारीको अन्तिम बैठक बसेको हो । पदाधिकारीको बैठक सकिए लगत्तै कार्यसम्पादन समितिको बैठक बस्दैछ । पाँच दलीय गठबन्धनको भागबण्डामा कांग्रेसले तीन महानगर प्रमुख र ७ उपमहानगर प्रमुख पाएको छ ।

कांग्रेसको पदाधिकारी बैठक जारी : लगत्तै उम्मेदवार टुंग्याउन कार्यसम्पादनको बैठक, कहाँ को बन्दैछन् उम्मेदवार ?

यस्तो छ कांग्रेसको बैठकस्थल सोनपाको बाहिरी अवस्था :