NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

ताप्लेजुङका मालपोत अधिकृत १ लाख ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडाैं । मालपोत कार्यालय, ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय प्रमुख) लेखा पनेरुलाई एक लाख ५० हजार घुसरकमसहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आज उनलाई नियन्त्रणमा लिएको हो ।

उनलाई ताप्लेजुङ, फुङलिङ नगरपालिका वडा नं. ४, कोप्चेबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।