NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

एमाले सिन्धुपाल्चोकलाई झट्का जितेका अध्यक्ष कांग्रेस प्रवेश

काठमाडौं । सिन्धुपाल्चोकमा एमालेबाट गाउँपालिका अध्यक्ष जितेका  नेता कांग्रेसमा प्रवेश गरेका छन् । त्रिपुरासुन्दरी गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट विजयी भएका भुपेन्द्र श्रेष्ठ कांग्रेसमा प्रवेश गरेका हुन् ।

एमालेमा लामो समयदेखि सक्रिय रहे पनि बेवास्ता गरेको भन्दै कांग्रेसमा प्रवेश गरेको उनले बताएका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै दल अदलबदलको क्रम बढेको छ । आफू भएको पार्टीले उम्मेदवार नबनाउने भएपछि धेरै दलमा दल अदलबदलको क्रम बढेको हो ।

बाह्रबिसेमा अायाेजित कार्यक्रमबीच उनी कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनी नेकपा एमाले बाग्मती प्रदेश सचिवालय सदस्यसमेत थिए । त्यस्तै, चरित्र कुमार श्रेष्ठ भक्त श्रेष्ठ लिला फुल्कोटी रामचन्द्र बोहरा मिथिला श्रेष्ठ, रत्नबहादुर बोहरा सहितका नेता कांग्रेसमा प्रवेश गरेका हुन् ।