NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

ललितपुर महानगरमा फेरि पनि चिरिबाबु

काठमाडौँ । नेपाली कांग्रेसले ललितपुर महानगर पालिकाको मेयरका लागि फेरि चिरिबाबु महर्जनलाई अघि सारेको छ ।
कांग्रेसले उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन महानरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई टिकट दिएको हो ।

यसअघि ०७४ को निर्वाचनमा महर्जन २४ हजार ६ सय ४२ मत ल्याएर विजयी भएका थिए ।

उनका निकटम प्रतिद्धन्द्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३ सय १६ मत ल्याएका थिए ।

अघिल्लो निर्वाचनमा झिनो मतान्तरले निर्वाचित चिरिबाबुलाई कांग्रेसले फेरि मेयरको उम्मेदवारको रुपमा अघि सारेको हो ।

नेकपा एमालेले पुरानै उम्मेदवार दोहो¥याएपछि त्यसको काउण्टरमा कांग्रेसले पनि पुरानै जितेका उम्मेदवार अघि सारेको छ ।

यस पटक कांग्रेसका उम्मेदवार चिरिबाबुलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका समर्थकले पनि मतदान गर्नेछन् ।

तर चिरिबाबु महर्जनले अघिल्लो निर्वाचनमा जाँदा प्रतिवद्धता जनाएका महत्वपूर्ण घोषणाहरु कार्यान्वयन नगरेकाले निर्वाचन पेचिलो हुने भएको छ ।

कांग्रेस एक्लैले जितेको ललितपुर महानगरमा अब कसले मार्ला बाजी ?

कांग्रेस एक्लैले जितेको ललितपुर महानगरमा अब कसले मार्ला बाजी ?

ललितपुर महानगर– चिरीबाबुको मोनोरेल पनि कागजमै, विवादमा बित्यो कार्यकाल

ताजा अपडेट

नेपालवाच विशेष