NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

देशको राजनीतिले नस्वीकारेको विपक्षीको कथा

भिक्टोयर इन्गाबिरे उमुहोजा

काठमाडाैं । सन् १९९४ मा म नेदरल्यान्डमा बिजनेस म्यानेजमेन्ट एन्ड इकोनोमी पढिरहेकी थिएँ । त्यतिबेला मेरो गृह देश रुवान्डामा टुत्सीहरु विरुद्ध नरसंहार भइरहेको थियो । त्यहाँ १०० दिनसम्म भएको इतिहासमै सबैभन्दा खराब नरसंहारमा लाखौं मानिसहरुको हत्या गरियो ।

त्यतिबेला मैले मेरो देशमा भइरहेको राजनीतिक उथलपुथल, पीडा र मृत्युको डरलाग्दो रिपोर्टहरु हेरेँ । यसपछि म मेरो देशबाट हजारौं माइल टाढा भए पनि केही गर्नुपर्छ भन्ने बाध्यता महसुस गरेँ र एक राजनीतिक पार्टी स्थापना गर्ने सोच बनाएँ । यससँगै द युनाइटेड डेमोक्रेटिक फोर्से अफ रुवान्डा नामक राजनीतिक पार्टी स्थापना गरेँ ।

नेदरल्यान्डमा वर्षौंको राजनीतिक सक्रियतापछि सन् २०१० को जनवरीमा म देशको राजनीतिमा केन्द्रीय भूमिका खेल्ने उद्देश्यले रुवान्डा फर्के । मैले एफडियु इनकिन्ङगी दर्ता गर्ने र वर्तमान राष्ट्रपति पल कागामेको प्रतिद्धन्द्धी भएर आगामी राष्ट्रपति निर्वाचनमा सहभागी हुने मनसाय राखेको थिएँ ।

गिसोजी जेनोसाइड मेमोरियल सेन्टरमा मैले प्रभावकारी मेलमिलापको लागि आह्वान गरेकको भाषणलाई नै नरसंहार अस्वीकारको प्रमाण मानिएको थियो । मैले सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि झन् सजाय ८ वर्षबाट बढाएर १५ वर्ष पुर्याइयो ।

नेदरल्यान्डबाट रुवान्डा फर्किँदा म परिवारसँग छुट्टिनु पर्यो । यो मेरा लागि दुखद क्षण थियो । तर एम्स्टर्डम एयरपोर्ट सिफोलमा मेरो श्रीमान् र तीन छोराछोरीलाई बिदाइ गरिरहँदा छोटो समयको विछोड हो भन्ने सोचेको थिएँ । कान्छो छोरोको जन्मदिन मनाउन नेदरल्यान्ड फर्किने वाचा गर्दै रुवान्डा उडेँ । तर मलाई त्यहाँबाट निस्केपछि के हुनेको थाहा थिएन । मैले आफ्नै देशको राजनीतिक उत्पीडनले छोराको जन्मदिन धेरै मिस गर्नेछु भन्ने पनि थाहा थिएन ।

रुवान्डामा मैले गिसोजी जेनोसाइड मेमोरियल सेन्टरको भ्रमण गरेँ । त्यहाँ एकता र मेलमिलापको आग्रह गर्दै भाषण दिएँ । मैले सत्तारुढ रुवान्डाली देशभक्ति मोर्चाको नीतिहरु पर्याप्त समावेशी नभएकोमा आलोचना गरेकी थिएँ र तुत्सीविरुद्ध भएको नरसंहार अघि र पछिका समयमा हिंसामा परेका सबैलाई पहिचान र सम्मान गर्न माग गरेँ ।

यसको तीन महिनापछि मलाई गिरफ्तार गरियो र न्यायिक प्रक्रियामा तानियो । सन् २०१२ मा रुवान्डाको उच्च अदालतले मलाई युद्ध र आतंकवादको प्रयोग गरेर सरकारविरुद्ध षडयन्त्र गरेको र नरसंहार अस्वीकार गरेको आरोपमा आठ वर्षको जेल सजाय सुनाएको थियो ।

गिसोजी जेनोसाइड मेमोरियल सेन्टरमा मैले प्रभावकारी मेलमिलापको लागि आह्वान गरेकको भाषणलाई नै नरसंहार अस्वीकारको प्रमाण मानिएको थियो । मैले सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि झन् सजाय ८ वर्षबाट बढाएर १५ वर्ष पुर्याइयो ।

मलाई किगालीमा उच्च सुरक्षा भएको कुख्यात जेलमा एकान्त कारावासमा राखिएको । म त्यहाँ ५ वर्षसम्म बसेँ । सन् २०१६ मा एकान्त कारावासबाट सारेर अन्य कैदीसँगै बाँकी सजाय पूरा गर्न अनुमति दिइयो । तर मेरो एक्लोपन त्यतिबेला पनि सकिएन । कारागार अधिकारीहरुले मसँग कुरा गर्ने कैदीहरुलाई टाढाका जेलमा स्थानान्तरण गर्न थाले ।

अदालतले म र मेरो परिवारलाई अभियोग र कारावासको समयमा भोगेको भौतिक र नैतिक पूर्वाग्रहको क्षतिपूर्ति गर्न पनि सरकारलाई आदेश दिएको थियो तर अदालतको आदेश सरकारले आजसम्म पनि कार्यान्वयन गरेको छैन ।

सारिएका ती कैदीहरुले आफू सरुवा भएको ठाउँमा मेरो अवस्था बारे बताएका छन् भनेर जेलका निर्देशकलाई चिठी पठाएपछि मात्रै उनीहरुले कैदीबन्दीको स्थानान्तरण गर्न बन्द गरे । सन् २०१४ मा एकान्त कारावासमा हुँदा रुवान्डा सरकारविरुद्ध मानअधिकारसम्बन्धी अफ्रिकी अदालतमा मुद्दा दायर गरेँ । सन् २०१६ मा मेरो दाबीमा निर्णय गर्न सेट गरेझैं रुवान्डा सरकारले कैदीहरुले अदालतमा उजुरी गर्न पाउने घोषणा फिर्ता लियो ।

जे होस् मेरो दाबीलाई पहिले नै समीक्षा गरिसकेपछि सन् २०१७ मा एफसिएचपिआरले रुवान्डा सरकारले मेरो अभिव्यक्ति स्वतन्त्रता र पर्याप्त रक्षाको अधिकारलाई उल्लघंन गरेको निष्कर्ष निकाल्यो ।

अदालतले म र मेरो परिवारलाई अभियोग र कारावासको समयमा भोगेको भौतिक र नैतिक पूर्वाग्रहको क्षतिपूर्ति गर्न पनि सरकारलाई आदेश दिएको थियो तर अदालतको आदेश सरकारले आजसम्म पनि कार्यान्वयन गरेको छैन ।

म अन्ततः राष्ट्रपतिको अनुग्रहमा ८ वर्षको जेल सजायपछि सन् २०१८ मा जेलमुक्त भएँ । यो माफी दुई सर्तसहित आएको थियोः महिनामा एकपटक मेरो घरनजिकै रहेका प्राथमिक तहका न्यायाधिवक्तासमक्ष हाजिर हुनुपर्ने र मैले देशबाहिर जाँदा हरेकपटक मन्त्रीको अनुमति लिनुपर्ने गरी दुई सर्त थिए ।

यी सर्तहरु कारावासको बाँकी अवधिको अन्त्यसँगै समाप्त हुने भनिएको छ । मेरो १५ वर्षको कारावास अवधि सन् २०२५ मा सकिन्छ । यदि मलाई अर्को अपराध वा उल्लंघनको लागि सजाय सुनाइयो भने माफी पनि रद्द गरिनेछ ।

म रिहा भइसकेपछि रुवान्डामा कानुनको शासन स्थापना गर्न र दिगो विकासलाई प्रवद्र्धन गर्ने प्रयास स्वरुप मैले ‘सबैका लागि विकास र स्वतन्त्रता (डिएएलएफए–उमिरिन्जी) नाम नयाँ पार्टी स्थापना गरेँ । तर रुवान्डामा मेरो परिक्षा अझ सकिएको थिएन ।

रुवान्डाको संविधानले मलाई राजनीतिक पार्टी स्थापना गर्ने अधिकार दिए पनि मैले पार्टी दर्ता गर्न र आधिकारिक रुपमा काम अगाडि बढाउन अनुमति पाएको थिइनँ । मेरा आलोचकहरु अझै पनि जनतालाई मेरो विरुद्धमा ल्याउन र राजनीतिमा भाग लिनबाट निरुत्साहित गर्न कडा मेहेनत गरिरहेका छन् ।

मलाई निरन्तर ‘नरसंहार अस्वीकार गर्ने’ आतंकवादी, नरसंहारको विचारधारा वा हुतु सर्वोच्चतालाई समर्थन गर्ने व्यक्तिको रुपमा बदनाम गरिएको छ । मलाई बदनाम गर्न खोज्नेसँग मेरो हुतु पुर्खा र मैले सन् २०१० मा नरसंहार स्मारकमा दिएको भाषणबाहेक कुनै प्रमाण छैन ।

विडम्बना, अमेरिका र बेलायत रुवान्डाका सबैभन्दा नजिकका र प्रभावशाली सहयागीहरुले नरसंहारको क्रममा मारिएका धेरै हुतु र अरुलाई सम्मान गर्न असफल हुँदा यसले मेरो देशको इतिहासमा यो कालो अध्यायको अधुरो तस्बिर देखाउँछ ।

विगत १२ वर्षमा मेरा धेरै प्रमुख समर्थकहरु मारिएका वा रहस्यमय रुपमा बेपत्ता भएका छन् । यसले गर्दा पनि म डराएको छु ।

रुवान्डामा मैले सहेको सबैभन्दा गहिरो पीडा मेरो श्रीमान् र बच्चाहरुबाट टाढा भएका वर्षहरु हुन् । सन् २०१० मा यहाँ आइपुगेदेखि मलाई रुवान्डा छोड्न अनुमति दिइएको छैन । मैले आठौं जन्मदिनमा भेट्ने वाचा गरेको छोरा अहिले १९ वर्षको भइसकेको छ र मैले उसलाई विगत १२ वर्षदेखि देख्न पाएको छैन । उ संगीतकार भएर आमाविनाको हुर्काइका पीडालाई ‘लङ वे’ गीतमा सार्वजनिक गरेको छ । म उनीहरुलाई छिट्टै भेट्ने अपेक्षामा छु ।

अन्य अभिभावकको जस्तै मेरो पनि छोराछोरीको विवाहमा उपस्थित हुने सपना थियो तर म जेलमा भएको बेला छोरीको विवाह भयो । हालै ठूलो छोराले पनि विवाह गरे । र पनि म अझै रुवान्डा छोडेर जान न्यायमन्त्रीको स्वीकृति पाएको छैन । मैले यसका लागि निवेदन दिए पनि त्यसलाई बेवास्ता गरिन्छ ।

मविरुद्ध जारी आक्रमण, वर्षौंसम्म मेरो परिवारबाट टाढा राखिए पनि रुवान्डाप्रति मेरो प्रेम कम हुन सकेको छैन । तर मैले जीवनको डर छैन भने भने म झुट बोल्ने छु । विगत १२ वर्षमा मेरा धेरै प्रमुख समर्थकहरु मारिएका वा रहस्यमय रुपमा बेपत्ता भएका छन् । यसले गर्दा पनि म डराएको छु ।

सन् २०१८ को अक्टुबरमा, एफडियु इन्किङ्गीका उपनेता बोनिफेस ट्वागिरीमाना जेलबाटै बेपत्ता भए । सन् २०१९ को मार्चमा मेरा सहयोगी अन्सेम मुतुयीमाना जंगलमा मृत फेला परे । अनुसन्धानबाट उनको घाँटी थिचेर हत्या गरिएको पत्ता लाग्यो । त्यही वर्षको जुलाईमा एफडियु इन्किङ्गकै प्रतिनिधि इजेन डेरेयीमाना रुवान्डाको पूर्वी प्रान्तबाट बेपत्ता भए ।

सन् २०१८ को अक्टुबरमा, एफडियु इन्किङ्गीका उपनेता बोनिफेस ट्वागिरीमाना जेलबाटै बेपत्ता भए । सन् २०१९ को मार्चमा मेरा सहयोगी अन्सेम मुतुयीमाना जंगलमा मृत फेला परे । अनुसन्धानबाट उनको घाँटी थिचेर हत्या गरिएको पत्ता लाग्यो । त्यही वर्षको जुलाईमा एफडियु इन्किङ्गकै प्रतिनिधि इजेन डेरेयीमाना रुवान्डाको पूर्वी प्रान्तबाट बेपत्ता भए ।

सेप्टेम्बरमा एफडियु इन्किङ्गका संयोजक स्लिडियो डुसाबुमरेम्यीलाई दुई अज्ञात व्यक्तिले छुरा प्रहार गरी हत्या गरे । सन् २०२० को पार्टी सदस्य मेमा थियोफाइल न्तिरुता हत्या प्रयासबाट बाँच्न सफल भए । उनी पछि जेल परे र अहिलेसम्म पनि जेलमै छन् । त्यही वर्ष जुनमा मेरो नजिकका सहयोगी भेनन्ट अबायसेन्गा बेपत्ता भए ।

यदि सरकारले असहमतिको आवाजलाई दबाउन खोजिरह्यो भने भविष्यले हाम्रा जनताका लागि थप पीडाबाहेक केही ल्याउने छैन ।

रुवान्डा अनुसन्धान ब्युरोले यी हत्या र जबरजस्ती बेपत्ता भएका बारे केही पत्ता लगाएकाे छैन । मलाई निगरानी गर्न एउटा टिम सधैं पछि भइरहने भएकाले यसले मलाई थाेरै शान्ति दिएको छ ।

रुवान्डामा विपक्षी व्यक्तित्वको रुपमा मेरा अनुभवहरु नकारात्मक मात्रै छैनन् । वास्तवमा मैले मेरो राजनीतिक यात्रामा सबै आक्रमण र अवरोधहरुको सामना गरे तापनि मैले हरेक मोडमा अगाडि बढ्ने नयाँ कारणहरु फेला पारेको छु । यो पीडादायी अवस्थामा रुवान्डा भित्र र बाहिरबाट मेरा सहकर्मीहरुको समर्थनले बलियो बनाएको छ र राम्रो भविष्यको लागि मेरो आशा जीवित राखेको छ ।

मेरा धेरै समर्थकहरु मारिए, जेल परे वा बेपत्ता भए तापनि नयाँ समर्थकहरु आए र अन्तराष्ट्रिय स्तरमा मेरो राजनीतिक सन्देश पुर्याएर मेरो दैनिक जीवनलाई सहयोग गर्न तयार भए । यसबाहेक रुवान्डाका अधिकारीहरुको हातबाट मैले सामना गरेको पीडाले रुवान्डा र त्यसभन्दा बाहिर मेरो प्रोफाइल बढायो ।

मेरो कथा रुवान्डामा व्यापक राजनीतिक उत्पीडनको एउटा उदाहरण मात्र हो । राजनीतिक हिंसाको यो कहिल्यै अन्त्य नहुने चक्रले हाम्रो देश र जनतालाई मात्र नभई फराकिलो ग्रेट लेक क्षेत्रमा अस्थिरता निम्त्याउँदै छ ।

जेलमा रहेका मानिसहरुलाई भेट्ने र पछि रुवान्डाभित्रका विभिन्न पृष्ठभूमिका मानिसहरुसँग भ्रमण र कुरा गर्ने देखि मैले असंख्य रुवान्डालीहरुको गुनासो सुन्न र उनीहरुसँग मेरो राजनीतिक दृष्टिकोण बाँड्ने अवसर पाएँ । मेरो परिवारको निडर समर्थन पनि अमूल्य छ ।

मेरो कथा रुवान्डामा व्यापक राजनीतिक उत्पीडनको एउटा उदाहरण मात्र हो । राजनीतिक हिंसाको यो कहिल्यै अन्त्य नहुने चक्रले हाम्रो देश र जनतालाई मात्र नभई फराकिलो ग्रेट लेक क्षेत्रमा अस्थिरता निम्त्याउँदै छ ।

यस दस्तावेजमा हामीले हिंसाको चक्र तोड्न, मेलमिलापलाई बलियो बनाउन, मानवअधिकारको रक्षा गर्न र देशमा समृद्धि ल्याउन सरकारले चाल्न सक्ने सरल कदमहरु उल्लेख गरेका छौं ।

यदि सरकार राजनीतिक प्रतिपक्षका साथसाथै रुवान्डाका नागरिक समाजसँग वास्तविक संवादमा प्रवेश गर्न सहमत भएमा, हामी नयाँ लोकतान्त्रिक रुवान्डा निर्माण गर्न र ग्रेट लेक क्षेत्रमा स्थिरता ल्याउन सक्छौं । यो कसरी हासिल गर्न सकिन्छ भनेर देखाउनका लागि सन् २०२१ जुनमा विपक्षी मि बनार्ड न्टागान्डासँग मिलेर हामीले रुवान्डाको आशाजनक भविष्यका लागि रोडम्याप प्रकाशित गर्यौं ।

यस दस्तावेजमा हामीले हिंसाको चक्र तोड्न, मेलमिलापलाई बलियो बनाउन, मानवअधिकारको रक्षा गर्न र देशमा समृद्धि ल्याउन सरकारले चाल्न सक्ने सरल कदमहरु उल्लेख गरेका छौं ।

मैले जे भोगेको छु, त्यसको लागि म कसैसँग कुनै रिस राख्दिनँ तर लडाइँ त्याग्ने मेरो मनसाय पनि छैन । म मेरो देशलाई माया गर्छु त्यसैले यसको भविष्यबारे चिन्तामा छु । यदि सरकारले असहमतिको आवाजलाई दबाउन खोजिरह्यो भने भविष्यले हाम्रा जनताका लागि थप पीडाबाहेक केही ल्याउने छैन ।

अलजजिराबाट अनुवाद गरिएकाे