NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

टिकट विवादमा ललितपुर कांग्रेसका पदाधिकारी र सदस्यहरुबाट सामूहिक राजीनामा

काठमाडौँ । टिकट वितरणमा विवाद हुँदा कांग्रेसका नगरसमिति, प्रदेश समिति र क्षेत्रीय समितिका सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् ।

पार्टीको जिल्ला सदस्य जित जङ्ग बस्नेतको हस्तक्षेपमा स्थानीय पार्टीले सिफारिस गरेको भन्दा भिन्न व्यक्तिलाई टिकेट दिएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएको बताएका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ३ मा वडाध्यक्षका लागि नगर कार्यसमिति, क्षेत्रिय संसदिय समितिले राजनकुमार विष्टलाई सिफारिस गरेकोमा बस्नेतले हस्तक्षेप गरि सचिन घिमिरेलाई टिकेट दिएको भन्दै उनीहरुले राजीनामा दिएको बताएका छन् ।