NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

काठमाडौंमा एमालेबाट मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौंको मेयरमा एमालेबाट केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवार दर्ता गराएका छन् । जुलुससहित रत्नपार्क शान्तिबाटिकाबाट राष्ट्रिय सभा पुगी स्थापित र डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारको मानोनयन दर्ताको दोस्रो दिन स्थापितले उम्मेदवारी दर्ता गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार पुगेर स्थापितले उम्मेदवारी दिएका हुन् ।

। एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार बसेको सचिवालय बैठकले स्थापित र डंगोललाई काठमाडौं महानगरमा मेयर र उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

स्थापितले २०५४ काठमाडाैंकाे मेयर जितेका थिए ।

केशव स्थापितले ओलीलाई बुझाए काठमाडौं महानगरमा चुनाव जित्ने हिसाबकिताब

प्रभावशालीलाई पछि पार्दै एमाले काठमाडौं महानगरमा उपमेयरको उम्मेदवार भएकी को हुन् सुनिता डंगोल ?

काठमाडौं महानगरमा एमालेबाट मेयरमा सिफारिस शाक्य, स्थापित र मानन्धर को हुन् ?

ताजा अपडेट

नेपालवाच विशेष