NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

उपेन्द्रका छोरा विराटनगर महानगरको उपमेयर उम्मेदवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले विराटनगर महानगरपालिका उपप्रमुख (उपमेयर) पदको उम्मेदवार अमरेन्द्र यादवलाई बनाउने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको बैठकले कार्यकारी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई उपमेयर बनाउने निर्णय भएको हो । विधिशास्त्रमा स्नातकोत्तर गरेका यादव लामो समय बेलायत र अमेरिका बसेका थिए ।

दलका नेताहरूले राजकीय पदमा आफ्ना नातागोता, भाइ–भतिजालाई नियुक्त गरेको आरोप खेपिरहेका बेला अध्यक्ष यादवले पनि त्यसलाई निरन्तरता दिएका छन् ।

सत्ता गठबन्धन दलहरूको भागबण्डामा विराटनगरको प्रमुख र उपप्रमुख जसपाले पाउने सहमति भएको थियो । कांग्रेसले प्रमुख (मेयर)को उम्मेदवार नागेश कोइरालाले बनाउने निर्णय गरिसकेको छ ।

अन्ततः शेखरको अडानबीच विराटनगर मेयरको उम्मेदवारमा यसरी भयो नागेशको ‘इन्ट्री’