NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

औलोका लक्षण र यसबाट बच्ने उपाय

काठमाडौं । आज अप्रिल २५ गते विश्व औलो दिवस मनाइँदैछ । लामखुट्टेको टोकाइबाट सर्ने खतरनाक रोग औलोबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउन सुरु गरिएको हो । औलो एनफिलिज जातको पोथी लामखुट्टेको टोकाईबाट सर्छ । यो जातको लामखुट्टेको विकास विशेषगरी पानी जमेको ठाउँमा हुने गर्छ ।

नेपालमा सन् १९८० को दशकमा महामारीको रुपमा रहेको औलो पछिल्लो समय निवारण उन्मुख रहे पनि यसको जोखिम कायमै छ । यसबाट देखिने लक्षण र बच्ने उपायबारे यहाँ लेखिएको छ ।

यसको उचित उपचार नभए बिरामीको ज्यान जान सक्छ । सिडिसीका अनुसार सन् २०२० मा विश्वभर औलो संक्रमित २४१ मिलियन थिए । जसमध्ये ६ लाख २७ हजारको मृत्यु भएको थियो ।

औलो लामखुट्टेबाट सर्ने रोग भएकाले यसबाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको लामखुट्टेबाट आफूलाई बचाउनु हो ।

संक्रामक लामखुट्टेले टोकेको १०-१५ दिनभित्र औलोका लक्षणहरू महसुस गर्न सकिन्छ । वयस्कहरूमा औलोले शरीरका धेरै भागहरूलाई नोक्सान पुर्‍याउन सक्छ, औलो पीडित बच्चालाई श्वासप्रश्वासमा धेरै समस्या हुन सक्छ । ज्वरो आउने, थकान लाग्ने जस्ता लक्षण देखिएमा रगत परीक्षण गराउनुपर्छ ।

औलो भएका व्यक्तिमा निम्न लक्षण देखिन्छ :

– ज्वरो आउनु
– शरीर चिसाे भएकाे अनुभव हुनु
– काम ज्वरो आउनु
– अत्याधिक पसिना आउनु
– टाउको दुख्नु
– बान्ता हुनु
– शरीर दुख्नु

औलोबाट बच्ने उपाय

-लामखुट्टे भगाउने रसायनको प्रयोग गर्ने
– घर वरपरका पानी जमेका खाल्डाखुल्डी पुर्ने
– लामखुट्टेका लार्भा मार्ने किटनाशक औषधिको प्रयोग गर्ने
– शरीर ढाक्ने गरी कपडा लगाउन