काठमाडौंको मेयरमा कांग्रेसबाट सिंहले गरिन् उम्मेदवारी दर्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि कांग्रेसबाट सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् ।
बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभा पुग्दै सिंहले उम्मेदवारी दर्ता गराएकी हुन् । सिंह नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।
सत्ता गठबन्धनमा काठमाडौंको मेयर कांग्रेसले पाएको थियो । अन्य दाबेदार भए पनि प्रकाशमानको बलियो प्रभाव रहेको काठमाडौंबाट उनकै पत्नीलाई उम्मेदवार बनाइएको हो ।
उपमेयर नेकपा एसले पाएको छ ।
काठमाडौंमा २०७४ सालमा भएको निर्वाचनमा मेयरमा एमालेको विद्यासुन्दर शाक्य र उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी थिइन् ।
शाक्यले झण्डै २० हजार मत अन्तरले जितेका थिए । तर, उपमेयरमा कांग्रेस उम्मेदवारले भने कांग्रेस मेयरका उम्मेदवार राजुराज जोशीको भन्दा १३ हजार बढी मत ल्याएकी थिइन् ।
ताजा अपडेट
-
एसएसपी अधिकारीको डिआइजीमा बढुवा सिफारिस
-
मन्त्रिपरिषद् बैठकः सचिव बढुवादेखि नियमावली स्वीकृतीसम्म
-
साढे चार करोडको लागुऔषधसहित ठमेलबाट दुई विदेशी पक्राउ
-
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
प्रतिक्रिया