NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

भरतपुरमा माओवादी र कांग्रेसलाई झट्का : कांग्रेस नेता पौडेलले गराए उम्मेदवारी दर्ता

काठमाडौं । सत्ता गठबन्धनबीच तालमेल भएर माओवादीका तर्फबाट मात्रै मेयरमा उम्मेदवारी दिने भनिएको भरतपुरमा कांग्रेसबाट बागी उम्मेदवारी परेको छ ।

कुनै पनि हालतमा माओवादीलाई छोड्न नहुने अडान लिंदै आएको पक्षका नेता जगन्नाथ पौडेलले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनी कांग्रेसका पूर्व सांसद पनि हुन् ।

दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

पौडेललाई उम्मेदवार बनाउन चितवन कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटाले प्रस्ताव र महासमिति सदस्य मीना खरेलले समर्थन गरेका थिए ।

सत्ता गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाको सहमति अनुसार भरतपुरमा माओवादीले मेयर र कांग्रेसले उपमेयरमा उम्मेदवारी दिने समझदारी भएको थियो ।

तर कांग्रेसबाटै बागी उम्मेदवार परेपछि कांग्रेस माओवादी नै तनावमा परेका छन् । पौडेलको उम्मेदवार फिर्ता गराउन नसके एमालेलाई भरतपुरमा सहज हुनेछ ।

तालमेलमा कांग्रेसले २० वटा आफूसँग राखेको छ । बाँकी ९ वटा वडा माओवादी र नेकपा एसको भागबण्डामा परेका छन् ।