NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

तरकारी खेतीबाटै आत्मनिर्भरका लागि कृषक र व्यवसायीबीच छलफल

जनकपुर । किसानलाई व्यवसायिक रुपमा तरकारी खेती गरी आत्मनिर्भर बनाउनका लागि तरकारी उत्पादक र व्यवसायबीच छलफल भएको छ । मंगलबार किसानलाई तरकारीबाटै आत्मनिर्भर बनाउनका लागि बजारीकरण आवश्यक रहेकाले तरकारी उत्पादक कृषक र व्यापारीबीच व्यवसायिक विकास सम्बन्धी छलफल भएको हो ।

धनुषाको शहिदनगर नगरपालिकाको हठ्ठीपुरमा एक किसानले उत्पादन गरेको तरकारीको उचित मुल्य नपाएपछि खेतमै कुहिनु पर्ने तथा किसानलाई आर्थिक क्षति हुने गरेका कारण मुल्य श्रृंखलामार्फत उचित बजारीकरण कसरी गर्ने भन्ने उदेश्यले सो कार्यक्रम गरिएको जनाइएकाे छ । किसानले उत्पादन गरेको तरकारी उचित मुल्य तथा बिक्रि बितरण नहुदाँ मार्कामा परेको भन्दै बीटा कार्यक्रम मार्फत सो समस्या समाधान हुने कृषि बिकास बैंकका मधेश प्रदेशका क्षेत्रिय निर्देशक तिलक प्रधानले बताए । किसानले उत्पादन गरेको स्वच्छ र स्वस्थ तरकारी यस कार्यक्रममार्फत खेतदेखि बजारसम्म पुरयाउने कार्यमा कृषि विकास बैंकले सहजीकरण गर्ने उनले विश्वास दिलाए ।

तरकारी उत्पदन गर्ने किसानहरुको आयस्तर बढाइ कसरी ब्यबसायिकरण गर्न सकिन्छ भन्दै उनीहरुको उत्पादन क्षमता बृद्धि गरी बजारको माग र उत्पादनको सन्तुलनसमेत यसै कार्यक्राम मार्फत गर्ने डिजिटल फाइनानसियल अफिसर अम्बिकेश कुमार झाले बताए । झाका अनुसार बीटा कार्यक्रम संगै किसानहरुलाई विस्तारै डिजिटलाईज गर्ने र किसान कार्डमार्फत क्यासलेस बनाउने सरकारको निति रहेको बताए ।

नेपाल सरकार र अर्थ मन्त्रालयको संयुक्त अभ्यास तथा नेपाल सरकारको बजेट भित्र रहेको किसान कार्ड, किसान एप्प तथा क्यास प्वाईन्ट, मर्चेन्टबारे हाम्रो शाखाले किसानको घर दैलोमा पुगेर जानकारी गराई रहेको कृषि बिकास बैंक खजुरी शाखाका फिल्ड सहजकर्ता बिकास राजबंसीले बताए । तरकारी खेतीका लागि किसानहरुलाई यस बैंकले न्युनत्तम ब्याजदरमा ऋण सुबिधा उपलब्ध गराउने उनले स्पष्ट पारे ।