NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

ताप्लेजुङको ओलाङचुङगोलामा वडाध्यक्षसहित सबै वडा सदस्य निर्विरोध निर्वाचित

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ का सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सो वडामा एक–एक जनाको मात्र मनोनयन दर्ता भएका कारण उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

फक्ताङलुङ– ६ ओलाङचुङगोलाका बासिन्दाले आपसी छलफल गरी वडाध्यक्ष र वडा सदस्य चयन गरी मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत राजकुमार दाहालले बताए ।

उनका अनुसार उक्त वडाको वडाध्यक्षमा छेतेन लामा शेर्पा निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्बाहाङ्फेले मनोनयन दर्ता गरेका थिए ।

निर्विरोध निर्वाचित हुने सबैजना स्वतन्त्र उम्मेदवार हुन् ।

२०७९ को स्थानीय निर्वाचनमा निर्वाचित हुने फक्ताङलुङ पहिलो स्थानीय तह बनेको छ ।