NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

आफ्नै साथीकी आमासँग विवाह गरे फ्रान्सका राष्ट्रपतिले

काठमाडौं । फ्रान्सको राष्ट्रपतिमा इमानुएल म्याक्रों पुनः निर्वाचित भएका छन् । राष्ट्रपति चुनावको दोस्रो चरणमा दक्षिणपन्थी प्रतिद्वन्द्वी मारिन ले पेनलाई पराजित गर्दै म्याक्रों लगातार दोस्रोपटक फ्रान्सको राष्ट्रपति बनेका हुन् । दोस्रो तथा अन्तिम चरणमा म्याक्रोंले ५८ प्रतिशत मत ल्याएका थिए ।

त्यस्तै ले पेनले ४२ प्रतिशत मत प्राप्त गरेकी थिइन् । आफ्नो अन्तिम कार्यकालमा म्याक्रों विश्व नेताको रूपमा देखा परेका छन् । रुस-युक्रेन युद्धदेखि उनले अफगानिस्तान र विश्वव्यापी आतंकवादका बारेमा खुलेर बोल्दै आएका छन् । यही कारण उनी विश्वभर चिनिन्छन् ।

यसबाहेक उनको व्यक्तिगत जीवन पनि रोचक छ । उनले आफ्नै शिक्षकसँग विवाह गरेका छन् ।

म्याक्रोंले सन् २००७ मा आफूलाई नाटक पढाएकी शिक्षक ब्रिगिटसँग विवाह गरे । ब्रिजिट म्याक्रोँभन्दा २४ वर्ष जेठी छन् । यी दुईबीच निकै प्रेम छ । फ्रान्सेली पत्रकार एवं ब्रिगिट म्याक्रोंकी नजिककी सहयोगी गेल चेक्लोफले आफ्नो एउटा पुस्तकमा यी दुई एक अर्काविना केही घण्टा पनि बाँच्न नसक्ने बताएकी छन् । साथै म्याक्रोंले ब्रिगिटलाई नसोधी कुनै निर्णय पनि गदैनन् ।

ब्रिगिटको पहिलो श्रीमान्सँग तीन सन्तान छन् । उनले म्याक्रोँसँग विवाह गर्नका लागि सम्बन्धविच्छेट गरेकी थिइन् । ब्रिगिटकी छोरी म्याक्रोंको सहपाठी थिइन् । दुई असल साथी थिए र प्रायः सँगै देखिन्थे । यस्तो अवस्थामा धेरैले दुवैलाई प्रेमी प्रेमिका पनि मान्थे । तर म्याक्रों आफ्नै सहपाठीकी आमासँग प्रेममा परे । म्याक्रों र ब्रिगिटको कुनै सन्तान छैन ।

कहिलेकाहीं म्याक्रों र ब्रिगिटलाई उनीहरूको उमेरको भिन्नताका कारण व्यंग्यसमेत गरिएको छ । सन् २०१९ मा ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारोले फेसबुकमा पोस्ट गर्दै खिल्ली उडाएका थिए । बोल्सोनारोका मन्त्रीहरू मध्ये एकले एक कदम अगाडि बढ्दै ब्रिगिटलाई ‘कुरूप महिला’ भनेका थिए ।

उनले बोल्सोनारोको श्रीमती म्याक्रोंको श्रीमतीभन्दा सुन्दर र कान्छी भएकाले फ्रान्सका राष्ट्रपति म्याक्रों ब्राजिलका राष्ट्रपतिको इष्र्या गर्छन् भनेका थिए । म्याक्रोंले यी टिप्पणीलाई अपमानजनक भएको प्रतिक्रिया दिएका थिए ।

सन् २०१७ मा राष्ट्रपति बन्दा म्याक्रों ३९ वर्षका थिए । उनी फ्रान्सेली इतिहासकै सबैभन्दा कान्छो राष्ट्रपति हुन् । सन् २०२२ को निर्वाचनमा विजयी भएर उनले २० वर्षको इतिहासमा दोस्रोपटक निर्वाचित हुने राष्ट्रपति बनेर रेकर्ड राखेका छन् ।

उनले निजामती कर्मचारीका रुपमा आफ्नो करिअर सुरु गरेका थिए । पछि बैंकमा पनि काम गरे । यसपछि राष्ट्रपति फ्रान्सिस ओलान्डको पालामा राजनीतिमा प्रवेश गरेका थिए । ओलान्डले उनलाई आफ्नो सल्लाहाकार र त्यसपछि मन्त्रिपरिषद्को सदस्य बनाए । यसपछि म्याक्रोंलाई राजनीतिमा एकपछि अर्को सफलता मिल्दै गयो । उनी कहिले पछि फर्किनु परेन ।