NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कांग्रेसले पनि खोल्यो खाता, कहाँ कहाँ जिते कांग्रेसका उम्मेदवार ?

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत कांग्रेसले पनि खाता खोलेको छ । मनाङकाे नार्फु गाउँपालिकामा कांग्रेसका तीन उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । एकभन्दा बढी उम्मेदवारी नपरेपछि उनीहरू निर्विराेध भएका हुन् ।

वडा १, ४ र ५ मा सबै कांग्रेसका उम्मेदवार निर्विरोध भएको जानकारी कांग्रेस अध्यक्षका उम्मेदवार कोञ्जो तेन्जिङ लामाले दिए । वडा १ फूर्वा थिन्ले लामा,  ४ मा कर्मा घ्याल्चेङ लामा र ५ मा साेनम तेन्जेङ लामा वडा अध्यक्षमा विजयी भएका हुन् ।

डोल्पामा नेकपा एसका दुई गाउँपालिका अध्यक्ष र तीन उपाध्यक्ष निर्विरोध निर्वाचित

गाउँपालिका उपाध्यक्षमा एमालेका मिङमा फुञ्चो लामा निर्विरोध निर्वाचित भएका छन् ।

कहाँ कहाँ भए निर्विरोध निर्वाचित ?

ताप्लेजुङको ओलाङचुङगोलामा वडाध्यक्षसहित सबै वडा सदस्य निर्विरोध निर्वाचित