NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चाँदीका गरगहनासहित दुईजना पक्राउ

काठमाडौं । चाँदीका गरगहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रङ्गेली नगरपालिका–९ का २७ वर्षीय उमेश विश्वकर्मा र ३६ वर्षीय महेशकुमार विश्वकर्मा रहेका छन् ।

उनीहरूलाई भन्सार छली गरेर ल्याएको चाँदीका गरगहनासहित लहान नगरपालिका–३ मा रहेको सगरमाथा होटल एण्ड लजबाट आइतबार पक्राउ गरिएको लहान प्रहरीले जनाएको छ ।

खानतलासी गर्दा उनीहरूको साथबाट सात केजी ६ सय ११ ग्राम बराबरका विभिन्न चाँदीका गहनाको भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूलाई आवश्यक कारबाहीका लागि गरगहनासहित आन्तरिक राजश्व कार्यालय इटहरी, सुनसरीमा बुझाइएको छ ।