NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

डडेल्धुरामा कांग्रेसकै असन्तुष्ट पक्ष एमालेसँग मिलेपछि देउवालाई झट्का

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई अप्ठ्यारो देखिएको छ । कांग्रेससँग असन्तुष्ट रहँदै आएको कल्ल मल्ल पक्षले आफूहरूको माग पूरा नभएको भन्दै कांग्रेस बिपीबाट एमालेसँग मिलेर उम्मेदवारी दिएको हो ।

७ मध्ये आलितालबाहेकका स्थानीय तहमा तीनवटाको प्रमुख र उपप्रमुखमा एमालेको मात्रै उम्मेदवारी परेको छ । तीनवटामा कांग्रेस बिपीबाट प्रमुख र उपप्रमुखमा उम्मेदवारी परेको छ । कांग्रेसले उम्मेदवारमा आफूहरूलाई नसमेटेको भन्दै कांग्रेसका असन्तुष्टले बिपी कांग्रेस र एमालेसँग मिलेर उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसलाई हराउन बिपी कांग्रेस र एमाले एक ठाउँमा उभिएका हुन् । स्थानीय तहमा कांग्रेससँग अब बिपी कांग्रेस र एमालेले प्रतिस्पर्धा गर्ने देखिएको छ । सत्ता गठबन्धनमा तालमेल नभएपछि कांग्रेस, माओवादी र नेकपा एस आफ्नै हिसाबमा उठेका थिए ।

डडेल्धु्रामा असन्तुष्ट मल्ल पक्षले पहिलेदेखि नै क्रियाशीलता सदस्यता, संगठन संचालनसहितका विषयमा आफूहरूलाई पेल्दै आएको आरोप लगाएको छ । स्थानीय तहको निर्वाचनका बेला पनि वार्ता र संवाद गर्नुको साटो सम्पर्कमा नै नआउने भएपछि कांग्रेसका असन्तुष्टले एमालेसँग मिलर उम्मेदवार उठाएको बताइन्छ ।

आन्तरिक असन्तुष्टि समयमा मिलाउन नसक्दा डडेल्धुरा कांग्रेसमा सधैं किचलो हुनेगर्छ । यस्तै किचलोकाबीच कांग्रेसबाटै असन्तु्ष्ट नेता एमालेसँग मिलेर स्थानीय तहको निर्वाचनमा लडे देउवालाई आगामी संघीय चुनावमा समेत गाह्रो पर्न सक्नेछ ।

कांग्रेसका सभापति आदरणीय शेरबहादुर देउवाको दमन, अन्याय र अत्याचारको विरुद्धमा, इमान्दारलाई अपमान गरेको विरुद्धमा कांग्रेसका धेरै साथीहरूले नेपाली कांग्रेस बिपीमार्फत स्थानीय तहमा उम्मेदवारी दर्ता गराउनुभएको छ’ डडेल्धुराका पूर्व कांग्रेस सभापति कर्ण मल्लले भने, ‘यो दुर्घटनाबाट बचाउन सक्ने आधार अझै छन् । इमान्दार कार्यकर्ताले उम्मेदवार बनाउन सक्ने अवस्था अझै छ । उम्मेदवारी फिर्ता लिएर इमान्दार नेतालाई उम्मेदवारमा छोड्दा काग्रेस दुर्घटनामा जानबाट रोकिन सक्छ ।’

को कहाँ उम्मेदवार ?

नगरपालिकातर्फ
अमरगढी नगरपालिका
कांग्रेस प्रमुख डिल्ली जोशी, पार्वती झुकाल उपप्रमुख
कांग्रेस बिपी प्रमुख हरिप्रसाद भट्ट, एमाले उपप्रमुख यज्ञराज अवस्थी
नेकपा समाजवादी प्रमुख संगीता भण्डारी, उपप्रमुख भुवन पाठक
माओवादी केन्द्र
प्रमुख लक्ष्मण सिंह उपप्रमुख शशी अवस्थी

परशुराम
कांग्रेस भरत बडायर प्रमुख, उपप्रमुख कलावती बोहरा
एमाले प्रमुख केशव बोहरा, उपप्रमुख गोमती पन्त
नेकपा माओवादी प्रमुख शेरसिंह माल, उपप्रमुख विमलाकुमारी महता

गाउँपालिकातर्फ
आलीताल
कांग्रेस अध्यक्ष कावलबहादुर गुरुङ, उपाध्यक्ष ज्वालादेवी बोकटी
एमाले अध्यक्ष मीन बोकटी, उपाध्यक्ष शान्ति भट्ट जोशी
नेकपा माओवादी अध्यक्ष शेर पार्की र उपाध्यक्ष मञ्जु रावल
समाजवादी
अध्यक्ष तुलाराम बोहरा र उपाध्यक्षमा लक्ष्मी धामी

भागेश्वर
कांग्रेस अध्यक्ष हेमराज चटौत, उपाध्यक्ष पुष्पा ठकुराठी
एमाले अध्यक्ष राम शाही, कांग्रेस बिपी शान्ति जोशी
नेकपा माओवादी अध्यक्ष विष्णु पाण्डेय, उपाध्यक्ष गीता भट्ट
समाजवादी अध्यक्ष प्रेम साउँद

अजयमेरु
कांग्रेस अध्यक्ष टेकराज पाण्डेय र उपाध्यक्ष वसन्ती पाल
माओवादी केन्द्र अध्यक्ष उमेश भट्ट, उपाध्यक्ष कलावती भाँड
एमाले अध्यक्ष पदम पाल र उपाध्यक्ष कांग्रेसबिपी रामचन्द्र ऐर

नवदुर्गा
कांग्रेस अध्यक्ष लक्ष्मी अवस्थी, उपाध्यक्ष निर्मला विष्ट
कांग्रेस बिपी अध्यक्ष गोकुल शाही र उपाध्यक्ष एमाले तारा खाती

गन्यापधुरा
अध्यक्ष कांग्रेस इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेठी देउ
कांग्रेस बिपी अध्यक्ष सुरेन्द्र माली र उपाध्यक्षमा एमाले इन्द्र महरा

प्रधानमन्त्री देउवाको गाउँपालिका र वडामा के छ कांग्रेसको अवस्था ?

के देउवाले २०७४ सालमा साँच्चै बालबाल चुनाव जितेका थिए ?