NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

टर्की पुगेका २२७ अफगानीलाई फिर्ता गरियाे

अंकारा । अवैध रूपमा टर्की प्रवेश गरेका कम्तीमा २२७ अफगान नागरिकलाई आइतबार अफगानिस्तान फर्काइएको छ ।

मालत्या एयरपोर्टबाट चार्टर्ड उडानहरू पुनः शुरु भएदेखि कम्तिमा ६८१ अनियमित आप्रवासीहरूलाई अफगानिस्तान पठाइएको एरियाना न्युजले उल्लेख गरेको छ । शरणार्थीहरूका लागि युरोप जानका निम्ति टर्की एक प्रमुख ट्रान्जिट बिन्दु भनेको छ ।

यस देशले पहिले नै ४ मिलियन शरणार्थीहरूलाई होस्ट गरेको छ । हालै आप्रवासीहरूको नयाँ आगमनलाई रोक्न आफ्नो सिमानामा नयाँ सुरक्षा उपायहरू लिइरहेको छ । एरियाना न्युजले रिपोर्ट गरेको छ ।

गत वर्षको अगस्टको मध्येमा तालिबानले सत्ता कब्जामा लिएपछि अफगानिस्तानले निमरोज प्रान्त र टर्की हुँदै इरानजस्ता छिमेकी देशहरूमा अफगानीहरूको ठूलो संख्यामा पलायन मात्र भएको छैन सँगै जटिल समस्या पनि निम्तिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष