NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

रञ्जना सिनेप्लेक्समा १७५ रुपैयाँमा फिल्म हेर्न पाइने

काठमाडौं । काठमाडौंको न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्सले साताको दुई दिन प्रदर्शन भइरहेका फिल्म हेर्न १७५ रुपैयाँमा टिकट लिन सकिने व्यवस्था गरेको छ ।

दर्शकहरुले उक्त मूल्यमा प्रत्येक बुधबार र बिहीबार प्रदर्शन भइरहेका जुनसुकै फिल्म हेर्न पाउने छन् । अन्य समयमा भने टिकटको मूल्य ३५० रुपैयाँ छ ।

सन् २०६५ भदौदेखि बन्द गरिएको रञ्जना हल ‘आरआरआर’को प्रदर्शनसँगै पुनः सञ्चालनमा आएको थियो ।