NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

जीवन बीमा कम्पनीले चैत्रसम्ममा आर्जन गरे १ खर्ब २ अर्ब बीमा शुल्क, चैत्रमा मात्रै १० अर्ब २२ करोड

काठमाडाैं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा एक खर्ब २ अर्ब ४२ करोड ८९ लाख रूपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १९ बीमा कम्पनीहरुले १ करोड १७ लाख ९१ हजार ६९८ बीमा पोलिसी बिक्री गर्दा सो बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा समितिको तथ्यांकअनुसार सोही अवधिमा कम्पनीहरुले २८ अर्ब ८९ लाख ५३ हजार प्रथम बीमा शु्ल्क संकलन गरेको छ । त्यस्तै सोही अवधिमा कम्पनीहरूले ७३ अर्ब ५३ करोड ५ लाख नविकरण शुल्क संकलन गरेको छ ।

चैत्रमा मात्रै १० अर्ब २२ करोड बीमा शुल्क संकलन

जीवन बिमा कम्पनीहरुले पुसमा मात्रै १० अर्ब २२ करोड ५९ लाख रूपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । १० लाख ११ हजार २८३ बीमा पोलिसी बिक्री गर्दा सो बीमा शूल्क आर्जन गरेका हुन् । सोही अवधिमा कम्पनीहरुले २ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गरेका छन् ।

धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ अगाडि

सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २६ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको चैत महिनासम्ममा १२ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १० अर्ब १३ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यसपछि राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनियन लाइफले ६ अर्ब १५ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

त्यस्तै, यस अवधिसम्ममा एशियन लाइफले ५ अर्ब १३ करोड ३० लाख रुपैयाँ, मेट लाइफले ४ अर्ब ३ करोड ४० लाख रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब ५० करोड ५२ लाख रुपैयाँ, प्राइम लाइफले ३ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ, सूर्या लाइफले ३ अर्ब ६३ करोड ६९ लाख, सन नेपाल लाइफले ३ अर्ब ३ करोड ८३ लाख,रिलायबल नेपाल लाइफले २ अर्ब ९९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरी ज्योति लाइफले २ अर्ब ६३ करोड ११ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब ३८ करोड ८६ लाख रुपैयाँ, गुराँस लाइफले २ अर्ब ३३ करोड ३३ लाख, रिलायन्स लाइफले २ अर्ब ४ करोड ८३ लाख, सानिमा लाइफले १ अर्ब ७३ करोड २३ लाख, प्रभु लाइफले १ अर्ब ४७ करोड ९२ लाख रुपैयाँ र महालक्ष्मी लाइफले १ अर्ब ८ करोड १४ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका छन् ।