NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

‘कठपुतली’ हेरेर ‘आइफोन १२’ जिते धिरज थापाले

काठमाडाैं । हरर जनरामा बनेको फिल्म कठपुतली हेरेर एक दर्शकले आइफोन १२ जितेका छन् । उनले बुटवलको क्युएफएक्स हलमा फिल्म हेरेका थिए । फिल्म निर्माण टिमले मंगलबार ‘आइफोन १२’ जित्ने विजेताको नाम गोला प्रथाबाट छानेको हो ।

फिल्म हेर्ने टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेमध्ये धिरज थापाले १ लाख ३० हजार मुल्यको ‘आइफोन १२’ जितेका छन् । मंगलवार फिल्मका अभिनेता कार्म शाक्यले गोला प्रथाबाट विजेताको नाम घोषणा गरेका हुन् ।

दर्शकलाई फिल्म हेर्न आकर्षित गर्न ‘कठपुतली’ युनिटले उपहार योजना ल्याएको थियो । २०७८ को पुष १६ देखि प्रदर्शनमा आएको फिल्मले हल काउन्टरबाट काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एक जनालाई आइफोन १२ प्रदान गर्ने घोषणा गरेको थियो ।

पृथ्वी राना मगरले निर्माण गरेको चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ ।