NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

जर्मनीले फेर्यो नीति, युक्रेनलाई हतियार पठाउने

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गरेपछि कडा कारबाही नगरेको भन्दै आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा आलोचना भएपछि जर्मनीले आफ्नो नीति परिवर्तन गर्दै युक्रेनलाई हतियार पठाउने भएको छ ।

जर्मन सरकारले युक्रेनमा ५० वटा एन्टि एयरक्राफ्ट ट्यांक पठाउने घोषणा गरेको छ ।

रक्षा मन्त्री क्रिस्टिन ल्याम्ब्रेक्टले मंगलबार जर्मनीको रामस्टेन अमेरिकी वायुसेना आधारमा अन्तर्राष्ट्रिय रक्षा अधिकारीहरूको बैठकमा युक्रेनलाई भारी हतियार उपलब्ध गराउने घोषणा गरेका हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार युद्ध सुरु भएयता जर्मनीले युक्रेनमा पहिलोपटक भारी हतियार पठाउन लागेको हो । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले जर्मनीको निर्णयको स्वागत गरेका छन् ।

जर्मनीका रक्षामन्त्रीसँग कुरा गरेपछि अस्टिनले भने, ‘यो हतियार प्रणालीले युक्रेनलाई रुसविरुद्ध लड्ने उच्च क्षमता दिनेछ ।’

युक्रेनी राजदूतलगायत धेरै आलोचकहरूले जर्मनीले युक्रेनलाई हतियार प्रदान नगरेको दाबी गर्दै आएका छन् । साथै जर्मनीले रुसको ऊर्जा आयातमा पनि प्रतिबन्ध नलगाएकाले विश्वको एउटा शक्तिमा हुनुपर्ने नेतृत्व जर्मनीले नदेखाएको आरोप लागेको छ ।

जर्मनीको विदेश नीति अनुसार यसले द्वन्द्वग्रस्त क्षेत्र वा संलग्न देशहरूलाई हतियार दिँदैन । तर रुसले युक्रेनमा आक्रमण गरेपछि जर्मनीले आफ्नो विदेश नीति परिवर्तन गरेको छ ।

युक्रेनलाई हतियार दिन जर्मनीले अस्वीकार गर्‍यो