NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

‘कबड्डी ४’ र ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक

काठमाडौं । दुई नेपाली चलचित्र कबड्डी ४ र लाइफ इन एलएको ट्रेलर सार्वजनिक भएको छ । लाइफ इन एलए आगामी जेठ ६ र कबड्डी ४ जेठ १३ बाट देशभर लाग्ने भएको छ ।

कबड्डी ४ एक चर्चित चलचित्रको सिरिजमा बनेको चलचित्र हो भने लाइफ इन एलए पहिलो सिरिज हो ।

कबड्डी ४ चलचित्रका मुख्य पात्र दयाहाङ राई, सौगात मल्ल, मेरुना मगर, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल आदि छन् ।

लाइफ इन एलए' वैशाख ९ मा रिलिज हुने | Cinepati | सिनेपाटी

लाइफ इन एलएमा ब्यास बिस्सु, अकेशा विस्ट, शिल्पा मास्के, बुद्धि तामाङ, तथा अमेरिकामा बस्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको मुख्य अभिनय रहेको छ ।

उक्त चलचित्रमा सूर्य एन श्रेष्ठको निर्देशन रहेको छ । त्यस्तै अर्को चलचित्र कबड्डी ४ लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष