NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बैंकिङ कसुरमा फरार व्यक्ति पक्राउ

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ११ लाख ६९ हजार जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विस २०७८ फागुन २९ को फैसलाअनुसार दुई दिन कैद सजाय र विगोबमोजिम रु ११ लाख ६९ हजार जरिवाना तोकेपछि फरार रहेका ओखलढुङ्गा सुनकोसी गाउँपालिका घर भई कपन बस्ने ३४ वर्षीय रामकुमार राईलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी बैकिङ कसुरजन्य अपराध गरेकाले राईलाई मङ्गलबार टङ्गाल काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका राईले आफ्नो राष्ट्रिय वाणिज्य बैंक गौशाला शाखाको पैसा नभएको चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । राईलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष