NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

एलन मस्कले ट्वीटरपछि कोकाकोला किन्ने

काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटर किनेर अन्तर्राष्ट्रिय बजारमा सनसनी मच्चाएका गरेका एलन मस्कले फेरि अर्को ट्वीटले सबैलाई चकित पारेका छन् । टेस्लाका सिइओ मस्कले चाँडै नै कोकाकोला किन्न लागेको बताएका छन् ।

उनले कोकाकोला किनेर पुनः यसमा कोकिन थप्ने भने पनि यो ट्वीटबाट केही स्पष्ट भएको छैन । एलन मस्कले ट्वीट गरे, ‘अब, म कोकिन फिर्ता गर्न कोकाकोला खरिद गर्छु ।’ त्यसको केही समयपछि मस्कले अर्को ट्वीट गरे ।

यसमा उनले आफ्नै ट्वीटर ह्यान्डलबाट ‘अब म म्याकडोनाल्ड्स किन्छु र सबै आइसक्रिम मेसिन बनाउँछु’ लेखेको ट्वीटको स्क्रिनसट सेयर गर्दै लेखेका छन्, ‘सुन्नुहोस्, म चमत्कार गर्न सक्दिनँ ।’ यी दुई ट्वीटको बीचमा मस्कले अर्को ट्वीट गरेका छन् ।

त्यसमा उनले ट्वीटरलाई सकेसम्म रमाइलो बनाउने भनेका छन् । यसै साता एलन मस्कले ट्विटरलाई ४४ बिलियन डलरमा किनेका थिए ।

एलन विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको सम्पत्ति २७३ अर्ब डलर रहेको छ ।