NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

संघर्ष : पढ्ने खर्च जुटाउन मोडलिङमा लागेकी सामन्था बनिन् अर्बपति

मुम्बई । दक्षिण भारतीयदेखि बलिउडसम्म आफ्नो छुट्टै पहिचान बनाएकी सामन्था रुथप्रभु ३५ वर्षकी भइन् । सामन्था फिल्ममा काम गर्न चाहन्थिनन् । तर घरको आर्थिक अवस्था बिग्रिएपछि उनलाई घरव्यवहार चलाउन मोडलिङ गर्नु पर्ने बाध्यता भयो ।

ग्ल्यामरको दुनियामा पाइला राखेपछि उनलाई रवि बर्मनले फिल्ममा स्थान दिए । सामन्थाले अहिलेसम्म ६५ भन्दा धेरै फिल्ममा काम गरिसकेकी छन् । उनी दक्षिण भारतीय चलचित्र उद्योगकी सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीमध्ये एक हुन् । केरलामा १९८७ मा जन्मिएकी सामन्थाको घरमा राखेको नाम यशोदा हो ।

१२ कक्षामा पुगेपछि सामन्थाका परिवारसँग उनको पढाइ खर्च व्यहोर्ने पैसा नभएपछि उनले आफैं काम गरेर पैसा कमाउन थालिन् । सामन्थाले पैसा कमाउनका लागि मात्र मोडलिङ गरेकी थिइन् । आफ्नो मोडलिङका दिनहरूमा सामन्थालाई साउथ फिल्ममेकर रवि वर्मनले देखेका थिए । रविले नै सामन्थालाई फिल्म उद्योगमा ठाउँ दिए । सामन्था हलिउड अभिनेत्री अड्रे हेपबर्नलाई आफ्नो प्रेरणा मान्छिन् ।

अभिनेत्रीले २०१० मा ‘माया चेसावे’बाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन् । फिल्ममा सामन्थासँग अभिनेता नागा चैतन्य थिए । पहिलो फिल्म हिट भएपछि सामन्थाले धेरै प्रशंसा बटुलिन् । त्यसयता सामन्थाले तमिल, तेलुगु भाषाका करिब ६५ फिल्ममा काम गरिसकेकी छिन् ।

सामन्था रुथप्रभु ११ मिलियन डलर अर्थात् करिब १ अर्ब २८ करोड रुपैयाँ बराबरको सम्पत्तिकी मालिक हुन् । फिल्मका अलावा सामन्थाले फेसन लेबल साकी र प्रिस्कूल एकमबाट पनि कमाइ गर्छिन् । सन् २०१२ मा सामन्थालाई इम्युनिटी डिसअर्डर थियो, जसका कारण उनले धेरै ठूला फिल्महरू अस्वीकार गरिन् । स्वास्थ्यमा सुधार नभएपछि सामन्थाले फिल्मबाट ब्रेक लिएकी थिइन् ।

सामन्था र नागा चैतन्य सन् २०१० देखि प्रेमसम्बन्धमा थिए । करिब ७ वर्ष रिलेसनसिपमा रहेपछि दुवैले २०१७ मा इन्गेजमेन्ट गरे र सोही वर्ष ६ अक्टोबरमा विवाह गरेका थिए । विवाहपछि अभिनेत्री सामन्था अक्किनेनी बनिन् ।

सामन्था र नागाले सन् २०२१ को अक्टुबर २ मा सम्बन्धविच्छेदको आधिकारिक घोषणा गरे । सामन्थाले यस वर्षको जुलाईमा आफ्नो नामबाट अक्किनेनी उपनाम हटाइन् । सम्बन्धविच्छेद पछि नागा चैतन्यले सामन्थालाई २०० करोड भारु एलिमनी प्रस्ताव गरेका थिए तर अभिनेत्रीले अस्वीकार गरिन् ।

पुष्पाको आइटम गीत ओ अन्टाभामा देखा परेपछि सामन्था अब काथु वाकुला रेन्दु काधल, शकुन्तलम, यशोदा र अनटाइटल तेलुगु फिल्ममा देखिनेछिन् ।