NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार अभियुक्त पक्राउ

काठमाडौं । गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार भएको अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–२ नागढुंगा बस्ने ३५ वर्षीय सागर शाही रहेका छन् ।

प्रहरीका अनुसार उनले गत चैत आठ गत नागढुंगास्थित आफनै घरमा कोही नभएको मौका पारेर गर्भवती महिलालाई विभिन्न डर, त्रास, धम्की दिई करणी गरी फरार भएका थिए ।

शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनलाई थप कारवाहीका लागि प्रहरी वृत थानकोट पठाइएको प्रहरीले जनाएको छ ।