NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

इथियोपियामा भएको जातीय दंगामा बीस जनाको मृत्यु

काठमाडौं । इथियोपियाका कतिपय स्थानमा पछिल्लो समयमा भएका जातीय दंगामा परी २० जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । इथियोपियाको उत्तरी अमहारा प्रान्तमा पछिल्लो समयमा भएका दंगामा परेर ती नागरिकको ज्यान गएको हो ।

अमहरा प्रान्तको इस्लामिक एफियर्स् काउन्सिलले दिएको जानकारीअनुसार सो क्षेत्रमा बुधबार भएको जातीय दंगामा कम्तीमा पनि २० जनाको हत्या भएको हो ।

त्यहाँको एक चिहानका विषयलाई लिएर विभिन्न धार्मिक र जातीय समूहका बीचमा विगतदेखि नै विवाद रही आएको र पछिल्लो पटक सो जातीय दंगामा परेर २० जना व्यक्तिको ज्यान गएको हो ।

विवादपछि त्यहाँको एक जातिका मानिसहरु आएर अर्का जातिको समूहका मानिसको आमहत्या नै गरेका बताइएको छ । सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको र मारिएको समूहका मानिसरुलाई उद्धारका लागि प्रयास गरिएको बताइएको छ ।

उक्त क्षेत्रमा विगतदेखि नै जातीय दंगा हुने गरेकाले थप सुरक्षा सतर्कता अपनाइएको भए पनि बुधबार यो आमहत्या भएको अधिकारीहरुले जनाएका छन् ।