NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कांग्रेसले निर्मला पन्तको हत्या प्रकरणमा छानबिन गर्न दिएन : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले कांग्रेसले निर्मला प्रकरणको छानबिन गर्न नदिएको आरोप लगाएका छन् । महानगरपालिकामा उम्मेदवारलाई शुभकामना कार्यक्रममा ओलीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको छानविन कांग्रेसको कारण हुन नसकेको बताएका हुन् ।

‘चुनाव आयो कि मिटुको प्रसंग आउँछ । तर महिलाको अस्मिता, अधिकार र सुरक्षाकोलागि एमाले मात्रै सजक छ’ ओलीले भने, ‘बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा कांग्रेसले छानबिन गर्न दिएन । छानबिन गर्न नदिने गरी अगुवाइ गरे्यो ।’

सडकमा छानबिन होस् भन्ने तर भित्रभित्रै छानबिन गर्न नदिएको आरोप उनको छ । अहिले कांग्रेसकै गृहमन्त्री भएको भन्दै छानबिन गर्न उनले चुनौती दिए । तर आफू सरकारमा बस्दा छानबिन गर्न नसकेकोबारे भने प्रष्ट्याएनन् ।

काठमार्डौं महानगरमा एमालेले नै जित्ने दाबीसमेत उनले गरे ।

ताजा अपडेट

नेपालवाच विशेष