NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

म्यानचेस्टर युनाइटेड र चेल्सीले खेले बराबरी

काठमाडौं । म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेलेका छन् । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा दुवै टिमले १–१ को बराबरी खेलेका हुन् ।

पहिलो हाफमा कुनै गोल गर्न नसकेका म्यानचेस्टर युनाइटेड र चेल्सीले दोस्रो हाफमा एक/एक गोल गरे । चेल्सीका मार्कोस एलोन्सोले ६० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यसको दुई मिनेटमै क्रिस्टियानो रोनाल्डोले अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

म्यानचेस्टरका लागि रोनाल्डोले यो सिजनमा गरेको यो १७ औं गोल हो ।