NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

माओवादीका गाउँपालिका अध्यक्ष उम्मेदवार नै एमाले प्रवेश

गाउँपालिका अध्यक्षका उम्मेदवारले नै पार्टी त्यागेपछि माओवादी बिलखबन्दमा

काठमाडौं । तीन दिनअघि तेन्जेन छेसाङ तामाङ माओवादी थिए । रसुवाको गोसाइकुण्ड गाउँपालिकाका हर्ताकर्ता उनैलाई माओवादी केन्द्रले अध्यक्षको उम्मेदवार बनाएको थियो ।

सोमबार मनोनयन दर्तापछि उनले आफूलाई जिताउन आग्रह गरेका थिए । तर त्यसको ३ दिनपछि उनी आफैं माओवादी केन्द्र परित्याग गरेर दलबलसहित नेकपा एमाले प्रवेश गरेका छन् ।

तामाङले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी त्याग गरेर एमाले प्रवेश गरेको तथा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।

गोसाइकुण्डमा एमाले, कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, राप्रपालगायत ७ जनाले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएका थिए । उम्मेदवारले बीचमै पार्टी बदलेपछि माओवादी केन्द्र अध्यक्षको उममेदवारविहीन भएको छ ।