NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

मोबाइलमा भुलेर पनि नराख्नुहोस् यी चार एप, अन्यथा एकपलमै बैंक खाताबाट रकम गायब हुनसक्छ

काठमाडाैं । आजको जमाना प्रविधिको जमाना हो । प्रविधिको विकाससँगै मानिस पनि प्रविधिमैत्री बन्न थालेका छन् । आजको समयमा जसको हातमा हेर्दा पनि मोबाइल फोन नै देखिन्छ । बालबालिकादेखि युवा, वृद्धसम्म सबैले मोबाइल प्रयोग गरिरहेका छन् ।

मोबाइलमार्फत मानिसहरु एकअर्कासँग कुरा गर्न मात्र नभई आफ्ना धेरै काम पनि गर्न सक्नेछन् । मोबाइलको मद्दतले हामीले एक क्लिकमा धेरै काम गर्न सक्छौँ । कल गर्न, नेट बैंकिङका लागि, घरमै बसेर किनमेल गर्न, अनलाइन फुड, अनलाइन सपिङ, गेम खेल्नलगायत अन्य धेरै काम मोबाइलबाटै गरिन्छ । यी सबै काम गर्नका लागि स्मार्टफोनमा एउटा एप चाहिन्छ, जसलाई हामी प्ले स्टोरबाट डाउनलोड गर्न सक्छौँ । तर के तपाईलाई थाहा छ ? केही यस्ता एपहरु छन् जुन तपाईको मोबाइलका लागि खतरनाक हुनसक्छ ।

मोबाइल चोरहरुले केही यस्ता एपहरू बनाएका छन् जसको माध्यमबाट उनीहरूले तपाईंको बैंकिङ जानकारी चोरेर मानिसहरूलाई ठगाउने काम गर्छन् । ती एपहरुबारे तपाईँले जान्नैपर्छ र तुरुन्तै हटाउनुपर्छ ।
यस प्रकारको एपबाट टाढा रहनुहोस्

निः शुल्क एन्टि भाइरस

मानिसहरू आफ्नो मोबाइल सुरक्षित राख्न धेरै प्रकारका निःशुल्क एन्टि भाइरस एपहरू डाउनलोड गर्छन् । जहाँ यी एप्सले तपाईको मोबाइलमा खतरा बढाउन सक्छ । त्यसैले यी एपहरू डाउनलोड नगर्नुहोस्, अन्यथा यसले तपाईंको मोबाइललाई हानि पु¥याउन सक्छ ।
फ्याल्स लाइट एप

धेरै व्यक्तिहरूले आफ्नो मोबाइलमा छुट्टै फ्ल्यास लाइट एप डाउनलोड गर्छन्, जसमा धेरै प्रकारका सुविधाहरू त छन् । तर तपाईलाई थाहा नहुन सक्छ कि यी एपहरूले तपाईको धेरै गोप्य जानकारी चोर्छन् र दुरुपयोग पनि गर्छन् । जसले गर्दा तपाईँ समस्यामा पर्न सक्नुहुन्छ । त्यसैले ती एपहरु डाउनलोड नगर्नुहोस् ।

किबोर्ड एप
मोबाइल किन्दा त्यसमा किबोर्ड पहिलेदेखि नै हुन्छ । यद्यपि, यो सामान्य किबोर्ड हो, जसका कारण मानिसहरूले आफ्नो मोबाइलमा छुट्टै किबोर्ड थप्छन् । मानिसहरू नयाँ इमोजी र नयाँ लेखन शैलीको साथ किबोर्ड प्राप्त गर्नका लागि यो गर्छन् ।

तर मानिसहरुले आफ्नो मोबाइलमा छुट्टै किबोडै एप डाउनलोड गरी चलाउँदा कस्तो समस्या भोग्नुपर्छ त्यसबारे अनविज्ञ छन् । ती एपले तपाईँको आइडी पासवर्डजस्ता गोप्य चीजहरु चोर्न सक्छ । यस्तो अवस्थामा तपाईँ यस प्रकारको एपबाट टाढै रहनु तपाईँको लागि फाइदा हुन्छ ।
क्लिनर एप

हामी जति धेरै हाम्रो मोबाइल प्रयोग गर्छौं, त्यति धेरै क्यास र जंक फाइलहरू यसमा आउँछन् । यस्तो अवस्थामा मोबाइलको स्पीड बढ्न सकोस् भनेर तिनीहरूलाई हटाउन पनि आवश्यक हुन्छ ।

तर धेरै पटक मानिसहरूले यसको लागि धेरै प्रकारका एपहरू इन्स्टल गर्छन्, जसले सबैभन्दा पहिले तपाइँको फोनमा धेरै चीजहरूको लागि अनुमति माग्दछ । त्यसपछि तपाईँबाट चोरले तपाईँका गोप्य कुराहरु थाहा पाउँछन् र तपाइँ झन् समस्यामा पर्नुहुने छ ।