NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

एकल यात्रामा निस्किने योजना छ ? यी कुरा ख्याल राखौं

काठमाडौं । एक्लै यात्रा गर्नु अत्यन्तै चुनौतीपूर्ण मानिन्छ । याे एक फरक प्रकारको साहसिक यात्रा पनि हो । आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कनु, नयाँ मान्छेहरू भेट्ने, नयाँ वस्तुहरु प्रयोग गर्नु कहिलेकाहीँ रमाइलो हुन्छ र असहज पनि हुन सक्छ ।

जे होस्, यस्तो यात्राको अनुभव एक पटक लिनै पर्छ । त्यसैले एकल यात्रालाई अविस्मरणीय बनाउन केही कुराको तयारी गर्नु गर्नु अत्यन्तै आवश्यक हुन्छ ।

पहिलोपटक तपाईँ जाँदै गरेको ठाउँबारे पूर्ण अनुसन्धान गर्नुपर्छ । त्यहाँको मौसम, यातायात, बसोबास, सुरक्षाजस्ता आधारभूत सेवाबारे बुझ्नुपर्छ । यसका लागि पहिले नै त्यहाँ पुगेका साथीहरुलाई सोध्न सकिन्छ र दोस्रो विकल्प इन्टरनेटमा पनि अध्ययन गर्न सकिन्छ ।

एकल यात्राको दोस्रो र महत्त्वपूर्ण नियम भनेको बासस्थानको व्यवस्था हो । यात्रा गर्दै जाँदा आफू पुग्ने ठाउँमा अग्रिम बुकिङ गर्दा धेरै हदसम्म तनावमुक्त हुन्छ र यात्रा सहज पनि हुन्छ ।

अर्को, यात्रा गर्दा आवश्यक कागजपत्र पनि साथमै राख्नुपर्छ । होटल देखि होमस्टे, उडान र अन्य धेरै स्थानमा पहिचान खुल्ने प्रमाणित कागजातहरु आवश्यक हुन सक्छ, त्यसैले यसलाई आफूसँग राख्नुपर्छ ।

एक्लै यात्रमा निस्किँदा आफ्नो जिम्मेवारीसँगै झोला पनि बोक्नुपर्छ, त्यसैले झोलामा धेरै सामान राख्नुहुँदैन । सम्भव भएसम्म एउटा मात्रै झोला बोक्नु सहज हुन्छ । त्यसमा कपडादेखि कागजातहरू सबै आवश्यक चीजहरू सजिलै राख्न सकिन्छ ।

यी सुझावहरूको सहयोगले आफ्नो एकल यात्रालाई आनन्दमयका साथै अविस्मरणीय पनि बनाउन सकिन्छ ।