NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कांग्रेस नेता आलमको मुद्दाको पेसी आज

काठमाडौं । नेपाली कांग्रेसका नेता अफताब आलमविरुद्धको मुद्दाको पेसी आजलाई तोकिएको छ । यसअघि हेर्दाहेर्दैमा मुद्दाको सुनुवाइ आज हुँदैछ । उनीविरुद्धको मुद्दा सुनुवाइ गर्न सर्वोच्च अदालका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

पूर्वमन्त्रीसमेत रहेका आलमविरुद्ध विस्फोटक पदार्थ र बम प्रयोग गरी ज्यान मारेको अभियोगमा मुद्दा चलिरहेको छ ।

यसअघि पनि पटकपटक पेसी तोकिएको थियो, तर सुनुवाइ भएको छैन । यो मुद्दा सात पटक स्थगित भएको थियो भने पाँचपटक हेर्न नमिल्नेमा राखिएको थियो । यस्तै चारपटक हेर्न नभ्याइनेमा पारिएको थियो ।

यसअघि जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि आलमलाई थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगञ्जले सदर गरको थियो । सोविरुद्ध आलमले सर्वोच्चमा ०७७ मा फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।

०६४ को संविधानसभाको निर्वाचनका बेला रौतहबाट उठेका आलमले चुनाव जित्न बम आतंक फैलाउन खोजेका थिए । बम बनाउने क्रममा विस्फोट भएको थियो । चैत २७ गते भएको उक्त घटानाका घाइतेहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।

यो घटना १२ वर्षपछि बाहिरिएको थियो । त्यसपछि उनी सांसद पदबाट निलम्बित भएका छन् । अहिले उनी थुनामा छन् ।

पल शाहका दुवै निवेदन एकसाथ पेश गर्न उच्च अदालतको आदेश