NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

मालपोत अधिकृत सुनिलकुमार झाविरुद्ध ५ लाख भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं । भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाविरुद्ध पाँच लाख बिगो रकमसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुल लिई भ्रष्टाचार गरेको आरोपमा आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

झाले जग्गासम्बन्धी हक सफा मुद्दामा उक्त मुद्दाको फैसला सुनाएवापत सेवाग्राहीसँग पाँच घुसररिसवत माग गरिरहेको भन्‍ने उजुरी निवेदनका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानबाट उनले सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

उनको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुर भएकोले सोही ऐनअनुसार  जरिवाना र कैद सजाय हुन मागदावी लिई आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।