मेगा बैंकद्वारा नेपाल प्रहरीलाई २ हजार थान पकेट बुक सहयोग
काठमाडाैं । मेगा बैंकले लिमिटेडले नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।
मेगा बैंकका कुलेश्वर शाखा प्रबन्धक सुनिल चैलागाइँले महानगरीय प्रहरी परिसर टेकुलाई नोट बुक हस्तान्तरण गरे । स्थानीय तह निर्वाचन २०७९ लाइ लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भनेर नोट बुक सहयोग गरेको उनले बताए ।
उक्त नोट बुक सुरक्षा मार्ग निर्देशनसहित पकेट तयार गरिएको बैंकले जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।
ताजा अपडेट
-
‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’
-
अहिलेकै अवस्थामा बैंक डुब्दैनन्, डुबिहाले पनि बचत फिर्ता हुन्छ
-
ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे
-
सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन कक्षा एकमा अङ्ग्रेजी
-
पोखरामा माइक्रोबस र जीप ठोक्किए, ८ चिनियाँ घाइते
प्रतिक्रिया