NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

केजिएफ च्याप्टर-२ ले कमायो १० अर्ब

काठमाडौं । दक्षिण भारतीय फिल्म केजिएफ-२ ले प्रदर्शनको तेस्रो सातामै विश्वभर १० अर्ब कमाइ गरेको छ । यसले हिन्दी भर्सनमा मात्रै ३ अर्ब ५० करोड कमाउन सफल भएको छ ।

योसँगै ‘केजीएफ २’ १० अर्ब कमाउने चौथो भारतीय फिल्म बनेको छ । यसअघि ‘दंगल’, ‘बाहुबली २’ र ‘आरआरआर’ले यो स्तरमा पुगेका थिए ।

शुक्रबारबाट प्रदर्शनमा आएका दुई बलिउड फिल्म ‘रनवे ३४’ र ‘हिरोपन्ती २’को असर ‘ केजीएफ २ ’लाई खासै परेको छैन । प्रशान्त नीलद्वारा निर्देशित फिल्ममा यशसँगै सञ्जय दत्त, रवीना टन्डन, श्रीनिधि शेट्टी, प्रकाश राजको अभिनय छ । कर्नाटक राज्यकाे काेलार सुन खानीलाई आधार मानेर फिल्मको कथा बनाइएको छ ।

केजिएफ-२ : यस्तो छ ‘कोलार गोल्ड फिल्ड्स’को इतिहास