NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

राष्ट्र बैंकले १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

काठमाडाैं । नेपाल राष्ट्र बैंकले १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि भोली सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनको लागि ५ अर्ब १० करोडको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी साउन १७ गते परिपक्व हुनेछ । १८२ दिनको लागि १० अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी कात्तिक १५ गते परिपक्व हुनेछ ।

त्यस्तै, १ वर्षको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० वैशाख १९ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष