NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

चीनमा कोरोना : नेगेटिभ रिपोर्टविना सार्वजनिक ठाउँमा जान निषेध

बेइजिङ । चीनमा कोरोना भाइरस संक्रमण निरन्तर बढिरहेको छ । सांघाईमा पाँच साता लकडाउनका बावजुद पनि कोरोना संक्रमण घटिरहेको छैन । यसैबीच बेइजिङमा बस्ने मानिसहरुलाई सार्वजनिक स्थानमा निस्किन कडा नियम लागू गरिएको छ ।

बेइजिङको कुनै पनि सार्वजनिक स्थानमा प्रवेश गर्नुभन्दा पहिला कोरोना भाइरस परीक्षणको नकारात्मक रिपोर्ट देखाउनुपर्छ । यो नियम कहिलेसम्म लागू हुन्छ भन्ने बारे कुनै जानकारी दिइएको छैन ।

सार्वजनिक यातायातमा चढ्न पनि नकारात्मक परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । विश्वका अन्य देशको तुलनामा चीन शुन्य कोभिड नीति बनाएर काम गरिरहेको छ । चीनले भाइरसलाई पूर्ण नियन्त्रण गर्ने प्रयास गरे पनि सफल हुन सकेको छैन ।

देशमा २२ अप्रिलदेखि अहिलेसम्म २८५ नयाँ संक्रमित भेटिएका छन् ।