NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

जिम्बावेविरुद्ध व्याटिङ गर्दै नेपाल, यस्तो छ सुरुवाती ११

काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको पहिलो टि–ट्वान्टीमा घरेलु टोली नेपालले ब्याटिङ गरिरहेकाे छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बावेले टस जितेर फिल्डिङ रोजेको हो ।

यी दुई टोली बीचको खेल १ बजे सुरु भएको छ ।

नेपालको सुरुवाती ११ :

कुशल भुर्तेल, आशिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, बसिर अहमद, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा ।