NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

नेपालले एक विकेट गुमायो, आसिफ आउट

काठमाडौं । जिम्बावे ‘ए’ विरुद्ध जारी पहिलो टि–ट्वान्टीमा घरेलु टोली नेपालले एक विकेट गुमाएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका ओपनर आसिफ शेख १६ बलमा नौ रन बनाउँदै आउट भएका हुन् ।

नेपालले १० ओभरमा एक विकेटको क्षतिमा ८३ रन बनाएको छ ।

कुशल भुर्तेलले ४१ र रोहित पौडेलले १७ रन बनाएका छन् ।

नेपालको सुरुवाती ११ :

कुशल भुर्तेल, आशिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, बसिर अहमद, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा ।

जिम्बावेविरुद्ध व्याटिङ गर्दै नेपाल, यस्तो छ सुरुवाती ११