NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नेपाल जिम्बावेसँग पराजित

काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बावे ए को टिमले नेपालविरुद्ध पहिलो टी–२० खेल जितेको छ । १८२ रनको लक्ष्य पछ्याएको जिम्बावेले ७ बल बाँकी हुँदै ६ विकेटको जित निकालेको हो ।

जिम्बावेको जितका इनोसेन्ट कायाले ४७, तादिवाएसे मरुमानीले ५६, टोनी मुन्योन्गाले ५० रन बनाए ।

नेपालका बलरमा डेब्यु गरेका बासिर अहमेद दीपेन्द्रसिंह ऐरी  बाहेक सबै महंगा सावित भए । बासिरले ३.५ ओभरमा २२ रन दिएर २ विकेट लिए ।
दीपेन्द्रसिंह ऐरीले चार ओभरमा २४ रन दिए । तर करण केसीले तीन ओभरमा ३५ रन दिंदा एक विकेट लिए ।

सन्दीप लामिछानेले चार ओभरमा ५० रन दिंदा एक विकेट लिए । अविनाश बोहोराले दुई ओभरमा ३० रन दिए । नेपालको लागि टी–२० डेब्युमा मोहम्मद आदिल खानले २७ बलमा ४७ रन बनाए । उनी नटआउट रहे ।

कुशल भुर्तेलले ३१ बलमा ३६ रन बनाए । रोहित शर्माले २६ बलमा ३६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले रनआउट हुनु अघि १३ बलमा २८ रन बनाए ।