NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पठाओले गर्‍यो उत्कृष्ट राइडरलाई सम्मान

काठमाडौं । पठाओले उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्ष्टुरेन्टलाई सम्मान गरेको छ । उक्त सम्मान कलाकार दीपकराज गिरी र दिपाश्री निरौलाले प्रदान गरेका थिए ।

कार्यक्रममा अवार्डेड राइडर, क्यापटेन र फुड म्यानलाई ट्रफी, सम्मान पत्र र गिफ्ट ह्याम्परका साथ राइडलाई सम्मान गरिएको थियो । पठाओ नेपालका निर्देशक यशु थकालीले ०७८ सालभरी उत्कृष्ट सेवा प्रदायकहरुलाई सम्मान गरिएको जनाए । उनले पठाओलाई नेपालकै उत्कृष्ट राइड सेयरिङ प्लेटफर्म र फास्टेस ग्रोइङ कम्पनी बनाउन योगदान दिने राइडर, क्याप्टेन, फुडमेनलाई प्रोत्साहन गर्न उक्त सम्मान कार्यक्रम आयोजना गरेको उल्लेख गरे ।

उक्त कार्यक्रममा एभरेस्ट इन्स्योरेन्सको तर्फबाट अवार्ड पाउने ३५ जनालाई राइड नभएको समयमासमेत लागू हुनेगरी एक लाख बराबरको मेडिकल इन्स्योरेन्स प्रदान गरिएको छ ।

२५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड सेयरिङमार्फत पठाओ नेपालले सेवा सुरु गरेको थियो । त्यस्तै ९ अगस्टमा पठाओले ट्याक्सी सेवा र यसको दुई वर्षपछि पठाओले होटल, रेस्ष्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै पठाओ फुड सञ्चालनमा ल्याएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष