NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

तीन हजार अन्तरले एमालेले जितेको पनौतीमा कांग्रेसले यसपटक बदला लेला ?

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरूले चुनावी तयारीलाई तीव्र बनाउँदै आएका छन् । यसै क्रममा काभ्रेमा पनि दलहरूले तयारी अघि बढाएका छन् । काभ्रेका स्थानीय तहमध्ये पनौतीमा यसपटक एमालेबाट मेयर र उपमेयरमा पुरानै अनुहार दोहोरिएका छन् ।

२०७४ सालमा ३०६७ मतान्तरले जितेका भीम न्यौपाने नै यसपटक फेरि मेयरको उम्मेदवार बनेका छन् । उनले निर्वाचनमा १२ हजार दुई सय ५७ मत ल्याएका थिए । कांग्रेसका विदुर बञ्जाराले ९ हजार एक सय ९० मत ल्याएका थिए । एमालेबाट पनि यस अघि उपमेयर जितेकी गीता बञ्जारा नै फेरि सोही पदमा उठेकी छिन् । उनले १२ हजार ९९ मत ल्याएकी थिइन् । कांग्रेसकी अन्जु रञ्जितले ९ हजार एक सय २८ मत ल्याएकी थिइन् ।

१२ वडा रहेको नगरमा एमालेले ६ र कांग्रेसले ६ वटा वडा जितेका थिए । एमालेले १, २, ३, ४, ५ र १२ नम्बर वडामा अध्यक्ष जितेको थियो । कांग्रेसले ६, ७, ८, ९, १० र ११ वटा वडामा जित निकालेको थियो । ५२ हजार ७८ जनसंख्या रहेको पनौतीमा ३८ हजार ३८ हजार १४५ मतदाता रहेका छन् ।

सत्ता गठबन्धनबाट कांग्रेसका रामशरण भण्डारी मेयरको उम्मेदवार बनाइएका छन् । गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेका भण्डारी पनौती ९ का हुन् । २०४२ साल अघिदेखि कांग्रेसमा सक्रिय छन् । उनी कांग्रेस पनौती नगर कार्यसमितिका सभापति हुन् । भण्डारी सालीन छविका नेता मानिन्छन् । उनले मास्टर्स गरेका हुन् । ४२ सालदेखि राजनीतिमा लागेका, लाभको पद नलिएका, सहकारी अभियानमार्फत नागरिकसँग जाेडिएका उनकाे प्रभाव राम्राे रहेकाे बताइन्छ ।

एमालेको बलियो प्रभाव रहेको पनौतीमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा राष्ट्रिय जनमोर्चा मिलेर चुनाव लड्दैछन् । एमालेको बलियो प्रभाव रहेकोले उपमेयर नेकपा एसले पाएको छ । छवि हुमागाईंले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

अघिल्लोपटक मेयरमा माओवादीले १२९९ मत प्राप्त गरेको थियो । यसपटक माओवादीबाट र एमाले फुटेर बनेको नेकपा एसबाट एक\एक  हजार मत खसे कांग्रसले जित्ने हिसाब निकालेको छ ।

मेयर र उपमेयर र १, २ र ३ वडा अध्यक्षमा बाहेक अन्यमा चुनावी तालमेल नभएको बताइएको छ । ‘हामी अघिल्लोपटक तीन हजार मतले पछि परेका थियौं । जुन क्रममा १२ मध्ये ६ वटा वडामा जितेका थियौं’ कांग्रेस निकट स्रोत भन्छ, ‘यसपटक सत्ता गठबन्धनका दलबीच चुनावी तालमेल छ । मेयर र उपमेयरमा तालमेल छ । यस्तोमा माओवादी र नेकपा एसबाट कम्तिमा २ हजार मत कांग्रेसलाई खसाल्न सके मेयर जित्छौं । यति मत खस्दा समाजवादीका उपमेयर पनि जित्नुहुन्छ ।’ नेकपा एसले भने एमाले विभाजनपछि कांग्रेसलाई ६ हजार मत थपिदिने वचन दिएको छ । उसले १५ हजार कांग्रेसको तर्फबाट खसे उपमेयर समाजवादीले जित्ने हिसाब निकालेको छ ।

गत निर्वाचनमा पनौती ९ मा ६ सय मतान्तरले कांग्रेसले जितेको थियो । यसपटक यो वडामा ८० प्रतिशत मत बढाउने दाउ कांग्रेसको छ । पनौती ३ मा ९ सय मतान्तरले हारेको कांग्रेसले एमालेसँगको अन्तर पाँच सयमा झार्ने नीति लिएको छ ।  ९ मा ५ सय बढाएर ११ सयको अग्रता लिने र ३ मा चार सय अन्तर घटाउने कांग्रेसको तयारी छ ।

एमालेका मेयरका उम्मेदवार यही वडाबाट प्रतिनिधित्व गर्छन् । यसैका फाइदा न्याैपानेले फेरि उठाउन सक्नेछन् । यसैले १, २ र ३ काे भाेट एमालेकाे पक्षमा राम्राे संख्यामा खस्न सक्ने बताइन्छ । यी तीनवटै वडा र १२ बाट अघिल्लाेपटककाे जति मत ल्याउन सक्दा फेरि जित्न सकिने हिसाब एमालेकाे छ ।

वडा १ मा अघिल्लाेपटक एमालेले चार सय अन्तरले जितेकाे थियाे । यसपटक नतिजा उल्ट्याउने अभियानमा कांग्रेस छ । जयकुमार लामा फेरि वडा अध्यक्षमा कांग्रेसबाट उम्मेदवारमा दाेहाेरिएका छन् । तामाङ समुदायकाे मत लामाले प्रभावित गर्ने सम्भावना बढेपछि एमालेले पनि वीरमान तामाङलाई अध्यक्षकाे उम्मेदवार बनाएकाे छ ।  यी दुवै युवा उम्मेदवार हुन् ।

गठबन्धनकाे चुनावी कमाण्डर बनेका भोला थापाको ५ नम्बर वडामा कांग्रेसले राम्रो संख्यामा भोट झार्ने तयारी गरेको दाबी एक नेताले गरे ।  यस अघि एमालेबाट जितेका प्रभावशाली अध्यक्ष यसपटक उम्मेदवारमा दोहोरिएनन् । कांग्रेसले फोरमबाट आएका नेतालाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । कमाण्डर थापा मेयरका दाबेदार थिए । तर दाबेदारकाबीच उम्मेदवार बन्न नसके पनि पनाैतीमा राम्राे प्रभाव रहेका उनी कमाणडर ताेकिएका छन् । थापा पत्रकारका साथै व्यवसायी पनि हुन् ।

यस अघि एमालेले जितेको वडा १२ मा यसपटक अप्ठ्यारो देखिने कांग्रेसको दाबी छ । १२ पनि एमालेको बलियो प्रभाव रहेको ठाउँ हो । जहाँ ६ सय अन्तरले एमालेले वडामा जितेको थियो । यसपटक पार्टी फुट्दा र बसुन्धराको वडा रहेकोले यहाँको अन्तर घट्न सक्ने बताइन्छ ।
तर अझै पनि मतका रुपमा एमाले १, २, ३ र १२ मा बलियो देखिन्छ । प्रभाव पनि उत्तिकै छ । यस अघि कांग्रेसले ९ नम्बर वडामा चार सय अन्तरले जितेको बाहेक अरु वडामा साँघुरो अन्तरले कांग्रेसले जितेको थियो । यसैले एमालेलाई वडादेखि पूरौ पालिकामा हराउन कांग्रेसले एकदमै मेहनत गर्नुपर्ने देखिन्छ । यसपटक कांग्रेस पहिले जस्तो विभाजित र गुटगत राजनीतिमा छिरोलिएको छैन । यस्तो बेला एमाले फुटेको फाइदा कांग्रेसले उठाउन पनि सक्नेछ ।

एमालेले पाँच वर्ष पालिका चलाएको र पूर्वाधार विकास गरेर आफूलाई लोकप्रिय देखाउन खोजेको छ । प्रभावशाली नेता गोकुल बाँस्कोटाकोसमेत चुनावी क्षेत्रका केही वडा यो नगरमा परेका छन् । बाँस्कोटाको प्रभावमा बाटोसहितका पूर्वाधारलाई करोडौं खर्च भएको छ । उनलाई काउन्टर दिन प्रदेशमा मन्त्री भएपछि बसुन्धाराले पनि बजेट पालिकामा भित्र्याएका छन् । नेता वसुन्धारा हुमागाईं नेकपा एकीकृत समाजवादीमा छन् । उनी वाग्मती प्रदेशमा मन्त्री पनि भएका छन् । यसैले उनको प्रभावमा १२ वडाबाट समाजवादीले एमालेको राम्रो मत काट्ने अनुमान छ ।

मेयर र उपमेयरमा तालमेल भए पनि १२ वटा वडामा सत्ता गठबन्धनले प्रभावकारी तालमेल भने गर्न सकेनन् । १, २ र ३ मा चुनावी तालमेल भएको दाबी कांग्रेसको छ । तर १ मा माओवादीको अध्यक्षमा उम्मेदवारी कायम रहेको छ । यद्यपी समाजवादीसँग सदस्यसहितमा यी तीन वडामा कांग्रेसले तालमेल गरेको छ । अन्य ९ वडामा भने मित्रवत प्रतिस्पर्धा गरेर चुनावमा जाने सहमति सत्ता गठबन्धनले गरेको छ । यसैले पनाैतीमा यसपटक तीव्र प्रतिस्पर्धा हुने देखिएकाे छ ।

गोकुल बाँस्कोटाको गृहनगरमा गठबन्धनबाट मेयरको उम्मेदवार नेकपा एसलाई