NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

आईजिपी नियुक्ति बदरको माग गर्दै एआईजीद्वय सर्वोच्चमा

काठमाडौं । प्रक्रिया मिचेर आईजिपी बनाउने सरकारको निर्णय बदर गर्न माग गर्दै दुई एआईजी सर्वोच्च अदालत पुगेका छन् ।

सरकारले वरिष्ठता मिचेर आईजिपीमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै एआईजी विश्वराज पोखरेलले वारेसनामामार्फत् सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

अर्का एआईजी सहकुलबहादुर थापाले पनि आइजिपी नियुक्ति खारेजीको माग गर्दै रिट दर्ता गर्दैछन् ।

मन्त्रिपरिषद् बैठकले आइतबार वरिष्ठता मिचेर सिंहलाई आइजिपी बनाइएको भन्दै दुवै एआईजी असन्तुष्ट थिए । कानुन व्यावसायीसँगको संवादपछि उनीहरू अदालतसम्म पुगेका हुन् ।

सिंह पोखरेलभन्दा १६ महिना र थापा ९ महिना जुनिएर रहेको दाबी गरिएको छ । यसैले सिंहको नियुक्ति बदरको माग गर्दै उनीहरू अदालत पुगेका हुन् ।

आईजिपी सिंहले नियुक्ति लिएर फुली पनि लगाइसकेका छन् ।