NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

जिम्बावेविरुद्ध करणले लिए दोस्रो विकेट

काठमाडौं । जिम्बावेविरुद्धको दोस्रो टी–२० खेलमा नेपालले दोस्रो विकेट हात पारेको छ । सोमपाल कामीले दोस्रो बलमा दुई बल खेलेका इनोसेन्ट कायालाई कुशल भुर्तेलमार्फत क्याचआउट गराएपछि आक्रामक बनिरहेको जिम्बावेको साझेदारी करण केसीले तोडेका छन् ।

केसीले ४.२ ओभरमा ११ बलमा २१ रन बनाएर खेलिरहेका तादिवानासेको विकेट लिएका हुन् । करणको बलमा दीपेन्द्रसिंह ऐरीले सुन्दर क्याच गरेका थिए । उनले अघिल्लाे दिन ५६ रन बनाएका थिए ।

करणले विकेट लिएलगत्तैको बलपछि वर्षाले खेल रोकिएको छ । ४.३ ओभरमा जिम्बावेले २ विकेटको क्षतिमा ४८ रन जोडेको छ ।
पहिलो खेलमा ४७ रन बनाएका काया खाता नखाेली पहिलाे विकेटकाे रूपमा अाउट भएका थिए । नेपाल भ्रमणमा रहेको जिम्बाबे एविरुद्धको दोस्रो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।

पहिलो खेलमा नेपाल आइतबार ६ विकेटले पराजित भएको थियो । पहिलो खेलमा जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।
आइतबार १८२ रनको लक्ष्य दिए पनि नेपाललाई जिम्बावेले ७ बल बाँकी हुँदै पराजित गरेको थियो ।
सोमबार भने नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।