NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

पललाई भेट्न जब दुर्गेश परिवारसहित तनहुँ कारागार पुगे !

काठमाडौं । कलाकार दुर्गेश थापाले बलात्कारको आरोपमा जेलजीवन बिताइरहेका अभिनेता पल शाहलाई भेटेका छन् । पललाई भेट्न दुर्गेश श्रीमती र छोरासहित आइतबार जिल्ला कारागार कार्यालय तनहुँ पुगेका थिए ।

बागलुङ जानेक्रममा बाटो पर्ने भएर कारागार गएर दुर्गेशले पललाई भेटेका हुन् ।

भेटमा दुर्गेश र पलबीच करिब ३० मिनेट भावुक कुराकानी भएको स्रोतले जनाएको छ ।

पल प्रकरण : नाबालिग गायिकाले पूर्वी नवलपरासीको अदालतमा पनि उस्तै बयान दिइन्

गत सातामात्रै पीडित भनिएको पक्षले पलले बलात्कार नगरेको बरु अरुको उक्साहटमा पलविरुद्ध उजुरी हालेको बयान दिएका थिए । यसबाट पल निकै उत्साहित भएको दुर्गेशनिकट स्रोतले जनाएको छ ।

पलका समर्थकले दुर्गेशले उनलाई फसाएको आरोप लगाइरहेका छन् । यसबीचमा दुर्गेशले पललाई भेटेका हुन् ।

पल शाहका दुवै निवेदन एकसाथ पेश गर्न उच्च अदालतको आदेश